काठमाडौँ – बिहिबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। बुधबार तोलामा ७ सय रुपैंयाले घटेको सुनको मूल्य बिहिबार तोलामा १ सय रुपैंयाले घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तोलामा १ सय रुपैंयाले घटेसँगै छापावाला सुनको मूल्य ९२ हजार कायम भएको छ। यस अगाडी छापावाला सुनको मूल्य आइतबार ९२ हजार ६ सय, सोमबार ९२ हजार ४ सय, मंगलबार ९२ हजार ८ सय र बुधबार ९२ हजार १ सय रहेको थियो।

यस्तै बिहिबार तेजाबी सुनको मूल्य पनि १ सयले नै घटेको छ। जससँगै तेजाबी सुनको मूल्य बुधबार ९१ हजार ५ सय कायम भएको छ। यस अगाडी तेजाबी सुनको मूल्य आइतबार ९१ हजार १ सय, सोमबार ९१ हजार ९ सय, मंगलबार ९२ हजार ३ सय र बुधबार ९१ हजार ६ सय रहेको थियो।
चाँदीको मूल्य

बुधबार चाँदीको मूल्य पनि केहि घटेको छ। बुधबार चाँदीको मूल्य तोलामा ५ रुपैंयाले घटेर १ हजार २ सय ४५ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

