ब्राजिलकी एक महिला माथि आफ्नै ५ वर्षीया छोरीको ज्यान लिएको आरोप लागेको छ। न्यू योर्क पोस्टको एक समाचारका अनुसार महिलाले आफ्नी छोरीको ज्यान लिएकी हुन्।
आफ्नै छोरीको ज्यान लिएको आरोप लागेकी ३० वर्षीया जोसिमारे गोमेस डा सिल्भा आइतबार साओ क्रिस्टोभा शहरको आफ्नै घरबाट पक्राऊ परिसकेकी छन्। उनले छोरीको आफ्नी छोरीको पहिले आँखामा प्वाल पारेर त्यसपछि जिब्रो पनि का-टेको बताइएको छ ।
रिपोर्टका अनुसार उक्त बच्चाका हजुरबुबा बाथरूम जाँदा थाहा पाएकि डा सिल्भाले आफ्नी छोरीसँगै आफूलाई पनि बाथरूममा बन्द गरेकी थिइन्। उनले ढोकाको तलबाट र’गत बगिरहेको देखे। उनले बाथरूम खोलेर हेर्दा डा सिल्भालाई प्रार्थना गरिरहेको पाए। बच्ची भने उनकै छेउमा मृ-त थिइन्।
अनुसन्धानकर्ताका अनुसार आमाले ब्रेन्डालाई जिउँदै अवस्थामा कैंचीले आ’क्रमण गरेको हुनसक्छ। तर डा सिल्भाले भने आफूले छोरीको आँखा फु-टा’एर जिब्रो का-टेको कुरा अस्वीकार गर्दै आएकी छिन्।
रिपोर्टका अनुसार डा सिल्भा लामो समयदेखि मानसिक समस्याबाट ग्रसित थिइन्। उनी डिप्रेसनमा थिइन्। यो पनि बताइएको छ कि मानसिक असन्तुलनकै कारण उनले यस्तो गरेकी हुन्। थप अनुसन्धान जारी रहेको छ।