आइ.एफ.एफ.एच.एसले पछिल्लो दशकको उत्कृष्ट ११ घोषणा गरेको छ। दशकको उच्च गोलकर्ता, उच्च असिस्ट प्रदान गर्ने लगायतका विभिन्न विधामा निकालेको सूचीपछि अब आइ.एफ.एफ.एच.एसले पछिल्लो दशकको ‘बेस्ट ११’ सार्वजनिक गरेको हो।
को-को परे त ?
गोलकिपर: मानुएल नुएर
सेन्टर ब्याक: सर्जियो रामोस, भर्जिल भानडाइक
फुल ब्याक: मार्सेलो, फिलिप लाहाम
मिडफिल्डर: लुका मोड्रिक, टोनी क्रुस, आन्द्रेज इनिएस्टा
फरवार्ड: लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, रोबर्ट लेवान्डोस्की
उक्त टिमको गोलकिपरमा जर्मनीका बार्यन सुपरस्टार मानुएल नुएर पर्न सफल भएका छन्। सेन्टर ब्याकमा रियल म्याड्रिडका कप्तान सर्जियो रामोस र लिभरपुलका भर्जिल भानडाइक परेका छन्। गत दशक ६ लालिगा, २ च्याम्पियन्स लिग र १ युरो कप उपाधि जितेका बार्सिलोनाका जेरार्ड पिके स्थानमा भानडाइकको समावेश एक विवादास्पद रहन सक्छ।
त्यस्तै, राइट ब्याकमा ड्यानी आल्भेजको सट्टा फिलिप लाहामको समावेश पनि एक चर्चाको विषय बन्न सक्छ। मिडफिल्डमा सर्जियो बुस्केट र केभिन डी ब्रुएनभन्दा अगाडी मोड्रिक र क्रुस परे। लेवान्डोस्कीको बिगत केहि सिजनको फर्मको आधारमा उनीलाई पूर्व बार्सिलोना स्ट्राइकर लुइस सुवारेज भन्दा अगाडी समावेश गरियो।
मेस्सी र रोनाल्डोको स्थानमा भने कसैले औंला उठाउने हिम्मत पनि गर्न नसक्लान्। गत दशक फुटबल जगतमा एकक्षत्र राज गर्न सफल यी दुई खेलाडीको स्थान कुनै पनि टिममा प्रश्नको विषय बन्न सक्दैन।