रिक्सा चलाएको तस्वीरबाट भाइरल युवक अर्जुन विक धरौटी बुझाएर छुटे!

काठमाडौँ,  सामाजिक संजालमा रिक्सा चलाएको तस्वीर सार्वजनिक भएपछि भाइरल भएका कैलालीका अर्जुन विक गत माघ १३ गते ब-ला-त्कारको  आरोपमा पक्राउ परेका थिए । उनि बिहिबार धरौटी बुझाएर छुटिसकेका छन् । घोडाघोडी नगरपालिका-२, सानेपानी घर भएका विकलाई आफ्नै पत्नीलाई ज-बरजस्ती क-रणी गरेको अभियोग लागेको  थियो ।

विकलाई अदालतले अ-पहरण तथा शरीर बन्धक गरी बालिकमाथि ज-बरजस्ती क-रणी गरेको अभियोगमा ५० हजार धरौटी लिएर छाड्न आदेश दिएको हो ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार विकले गत साउन ३० गते काठमाडौंको देवीनगरस्थित डेरामा १३ वर्षीया बालिकालाई ब-ला-त्कार गरेको आरोप भनिएको थियो ।  र ती बालिकालाई उनले आफ्नो श्रीमती बताउथे। तर कानुनी रुपमा भने १८ वर्ष भन्दा मुनि सहमितमै शारीरिक सम्पर्क गरेमा पनि ज-बरज-स्ती क-रणी मानिन्छ। त्यसैले पनि उनीविरुद्ध मुद्दा परेको थियो । बच्चा जन्मिसकेपछि विकले आफ्नो श्रीमती अरुसँगै पोइला गएको भन्दै विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता समेत दिएका थिए । विक काठमाडौंको तीन कुनेबाट पक्राउ परेका थिए।

प्रकाशित : बिहिबार, माघ १५, २०७७१९:४०

कक्षा १० को एसइई राष्ट्रिय कि प्रदेशस्तरबाट ? यस्तो छ तयारी !