“मेस्सी पीएसजी नै जान्छन्”

बार्सिलोनामा क्लबका कप्तान लियोनल मेस्सीको भविष्यको बारेमा चर्चा चलिरहेको समयमा ओमार डा फोन्सेकाका अनुसार मेस्सी आफ्नै इच्छा अनुसार पीएसजी जाने बताएका छन्। उनका अनुसार मेस्सीले आफ्नो करियरको अघिल्लो चुनौतीको रूपमा फ्रान्सलाई रोज्ने छन्।

बारसिलोनासँगको सम्झौताको अन्तिम ६ महिना बाँकी रहँदासम्म पनि उनले क्लबसँग नयाँ सम्झौतामा हस्तक्षर गरेका छैनन्। यस्तोमा मेस्सीको पारिश्रमिक धान्न सक्ने क्लब युरोपमा निकै थोरै मात्र रहेका छन्। ती मध्ये हुन् पीएसजी र म्यानचेस्टर सिटी। धेरै मानिसले म्यानचेस्टर सिटीलाई उनको अघिल्लो क्लबको रूपमा हेरेपनि पछिल्लो समय पीएसजीसँग मेस्सीको नाम लगातार जोडिदै आएको छ।

यस्तोमा डा फोन्सेका मेस्सी फ्रेन्च राजधानी तर्फ लाग्नेमा विश्वस्त देखिन्छन्, जहाँ पूर्व बार्सिलोना टिममेट नेइमार र किलियन एम्बाप्पेसँगको जोडीका साथ उनी फेरी पीएसजीलाई च्याम्पियन्स लिगको प्रवल दाबेदार बनाउन सफल हुनेछन्।

अर्जेन्टिनी डा फोन्सेका, जसले पीएसजीका लागि खेलिसके, लाई मेस्सी पीएसजी आउने सम्भावनाका बारे प्रश्न गर्दा भने,”यदि स्पेनिस प्रेसलाई हेर्ने हो भने उनीहरुले मेस्सी र उनको परिवारले फ्रेन्च भाषा सिकीरहेको खबर आइरहेको छ। मेस्सी फ्रान्स आउँछन्। आफ्नो करियरको चुनौतीको रूपमा लिन्छन्। मेस्सीले पीएसजीको साथमा च्याम्पियन्स लिग जिते भन्न पाएको कुरा कल्पना गर्नुहोस्।”

एथलेटिको बिल्बावोसँगको खेलमा रातो कार्ड पाएर २ खेलको प्रतिबन्ध लागेका मेस्सीले बुधबार कोपा डेल रेमा रायो भालेकानोसँग गोलका साथ पुनरागमन गरे। बार्सिलोनाले अब आइतबार राति एथलेटिको बिल्बावोसँग खेल्नेछ।

प्रकाशित : शुक्रबार, माघ १६, २०७७१६:३९

क्रिस्टियानोले यस्तो उत्कृष्ट तरिकाले गरेका थिए आफ्नो पहिलो गोल, अहिले ७६० गोल गरिसके [भिडियो सहित]