भनिन्छ सत्य लुकाएर लुक्दैन। र जब कुरा आउँछ केही कुरा पत्नीबाट लुकाउने तब त सायद नै यो कुरा सम्भव होला। यो अनौंठो र दुर्लभ केस दुबई हो। जहाँ पुलिसलाई एक महिलाको गुनासो आयो कि कोहि अज्ञात मानिसले उनको क्रेडिट कार्ड ट्राफिक फाइन भर्नको लागि प्रयोग गरिरहेको छ।
तर जब पुलिसले यसको बारेमा अनुसन्धान गर्यो, एक आश्चर्यजनक रहस्य खुल्यो। अनुसन्धानबाट पत्ता लाग्यो उक्त महिला कै पतिले उनकी श्रीमतीको कार्ड आफ्नी गर्लफ्रेंडको ट्राफिक फाइन भर्नको लागि प्रयोग गरिरहेका छन्।
एक दिन ती महिलाले बैंकबाट सूचना पाइन् कि उनको क्रेडिट कार्डबाट एक ट्रांजेकसन भएको छ। उनले यस विषयमा दुबई पुलिसलाई गुनासो गर्नु अघि बैंकमा फोन गरेर आफ्नो कार्ड ब्लक गर्न लगाइन्। त्यतिबेला त उनलाई आफ्नो कार्ड चोरी भयो भनेर लागेको थियो। तर जब उनले यसको बारेमा सहि कुरा थाहा पाइन्, उनको होस् नै उड्यो।
गल्फ न्यूजको एक रिपोर्ट अनुसार अनुसन्धान पछि क्रेडिट कार्ड प्रयोग गर्ने महिलालाई बोलाइयो, जसपछि त्यहाँ एक नयाँ मोड आयो। उनका अनुसार उनका बोइफ्रेन्डले आफूलाई उनी विवाहित भएको कुरा नबताएको पाइयो। दुबई पुलिसको साइबर क्राइम विभागका उप निर्देशक क्याप्टन अब्दुल्लाले भने, “मुद्दा एकदम अनौंठो थियो। किनभने महिलालाई थाहा थिएन कि उनका पतिले उनको क्रेडिट कार्ड प्रयोग गरी गर्लफ्रेंडको ट्राफिक फाइन तिरेका थिए। र उक्त प्रेमीकालाई पनि उक्त व्यक्ति विवाहित भनेर थाहा थिएन।”