युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डो र उनकी प्रेमिका जर्जिना रोड्रिगेज कोरोनाभाइरस प्रोटोकल तोडेको गरेको आरोपमा समस्यामा पर्न सक्ने देखिएको छ।
एक रिपोर्टका अनुसार रोनाल्डोले जर्जिनालाई उनको जन्मदिनको दिन अचानक इटालीको अर्को क्षेत्रमा लिएर गए र त्यहाँ आधिकारिक रूपमा बन्द होटलमा बसे। तर विश्वव्यापी महामारीको कारण इटालीका एक शहरबाट अर्को शहर यात्रा गर्न प्रतिबन्ध लगाइएको छ।
इटालियन नियमको अनुसार अत्यावश्यक काम र स्वास्थ्य कार्यका लागि बाहेक फेब्रुवरी १५ सम्म एक क्षेत्रबाट अर्को क्षेत्रमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ। यो जोडी पुलिस अनुसन्धान अन्तर्गत रहेको बताइन्छ तर लक्जरी स्की रिसोर्टको यात्राको लागि अझै उनीहरूलाई जरिवाना भने भएको छैन।
मंगलबार जर्जिनाले आफ्नो २७ औं जन्मदिन पाँच-तारे ले मासिफ होटेलमा मनाइन्।