काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल पक्षका दुवै अध्यक्ष धनगढी पुगेका छन्। सो समूहले धनगढीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्न दुवै अध्यक्ष धनगढी पुगेका हुन्।

धनगढी पुगेका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले भव्य स्वागत गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका बेला उनको स्वागतमा नपुगेका मुख्यमन्त्री र मन्त्रीहरुले प्रचण्ड-नेपाललाई धनगढी विमानस्थलमै पुगेर स्वागत गरेका हुन्।

शनिबार अध्यक्षद्वय धनगढी पुग्दा मुख्यमन्त्री र मन्त्रीका साथै प्रदेश इन्चार्ज भीम रावललगायतका नेता कार्यकर्ता स्वागत गर्दा विमानस्थाल पुगेका छन्।
यस अगाडी २४ पुसमा प्रधानमन्त्री केपी शर्मा ओली आफू नेतृत्वको नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको आमसभालाई सम्बोधन गर्न धनगढी पुगेका थिए। त्यससमय सुदूरपश्चिम प्रदेश सरकारका कुनै पनि मन्त्री ओलीलाई स्वागत गर्न पुगेका थिएनन्।
ओलीलाई स्वागत गर्न प्रदेश प्रमुख शर्मिला पन्त पुगेकी थिइन् भने संघीय चार मन्त्री वाणिज्य अथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्री प्रेम आले मगर, सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना र श्रम तथा रोजगारमन्त्री गौरीशंकर चौधरीले ओलीलाई स्वागत गरेका थिए।
शनिबार अध्यक्षद्वय धनगढी पुग्दा मुख्यमन्त्री र मन्त्रीका साथै प्रदेश इन्चार्ज भीम रावललगायतका नेता कार्यकर्ता स्वागत गर्दा विमानस्थाल पुगेका छन्।

