काठमाडौँ – पूर्वयुवराज्ञी हिमानी शाह सोमबार दर्शन गर्न पशुपतिनाथ पुगेकी छन्। साउन २० गते साउन महिनाको तेस्रो सोमबार परेको अवसरमा हिमानी बिहानै पशुपतिनाथ पुगेकी हुन्।
पशुपतिनाथ पुगेर हिमानीले लगभग २० मिनेट मन्दिरभित्र पूजा आराधना गरेकी थिइन्। हिमानीको साथमा छोरी पूर्णिका र छोरा हृदयन्द्र समेत देखिएका थिए।
यस्तै पूजा आराधना बाहेक हिमानीले पशुपतिनाथको दर्शन समेत गरेकी थिइन्। साउने सोमबार व्रत बसे शिवजी प्रशन्न हुने र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ।