देशभर नाग मन्दिर र घरघरमा नागको पूजा गरिँदै ! हेर्नुस् नाग पूजाका पाँच तस्विर [तस्विर सहित]

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा आज देशका नाग मन्दिर र घरघरमा नागको पूजा गरिएको छ । आज बिहानैदेखि पूजाका लागि विभिन्न नाग मन्दिरहरुमा सर्वसाधारण पुगेका छन् । घरघरका साथै नागका थानमा पूजा गर्ने भक्तजनको भीड लागेकोछ ।

वालिङ नगरपालिका– ९ स्थित भुम्रेमा सोमबार नागपञ्चमीको दिन स्थानीय बासिन्दा नागको पुँजा गर्दै ।

प्राचीन प्रचलनअनुसार नागको मूर्ति एवं तस्वीरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरको सहायताले घरको ढोकामाथि टाँस्ने प्रचलन छ । आजको दिनदेखि बर्खा सकिएर हिउँद शुरु भएको मान्ने प्रचलन छ ।

नाग पञ्चमीको अवसरमा काठमाडौँको नागपोखरीमा गाईको दूध चदाउदै भक्तजन । हिन्दु धर्म संस्कार अनुसार श्रावण शुक्ल पञ्चमीका दिन नागको मूर्ति, नागको वासस्थान, पोखरी, पानी भएको कुवा, इनारमा कपासको माला बनाई गाईको दूध, दही, अक्षता, फूल, दुबो, श्रीखण्ड चन्दन, सिन्दूरले पूजा गरिन्छ ।

नाग पञ्चमीका दिन नागका अष्टकुलका रुपमा लिइने अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले घरमा सर्पादी भय नहुने, चट्याङ नपर्ने तथा अग्निजन्य भय नहुने विश्वास गरिन्छ ।

नाग पञ्चमीको अवसरमा काठमाडौँको नागपोखरीमा सोमबार भक्तजनहरु । हिन्दु धर्म संस्कार अनुसार श्रावण शुक्ल पञ्चमीका दिन नागको मूर्ति, नागको वासस्थान, पोखरी, पानी भएको कुवा, इनारमा कपासको माला बनाई गाईको दूध, दही, अक्षता, फूल, दुबो, श्रीखण्ड चन्दन, सिन्दूरले पूजा गरिन्छ ।

भूमिमा नाग देवताको बसोवास हुने र भूमि खन्दा नागलाई कष्ट हुने सम्भावना भएकाले नागपञ्चमीका दिन भूमिमा खनजोत नगरिने प्रचलन समेत रहेको छ।

श्रावण शुक्ल पञ्चमी (नागपञ्चमी) पर्वका अवसरमा सोमबार पोखरा महानगरपालिका वडा नं ९ स्थित नागढुंगामा रहेको नागको मूर्तिमा पूजा गर्दै सर्वसाधारण ।
नाग पञ्चमीको अवसरमा काठमाडौँको नागपोखरीमा सोमबार भक्तजनहरु । हिन्दु धर्म संस्कार अनुसार श्रावण शुक्ल पञ्चमीका दिन नागको मूर्ति, नागको वासस्थान, पोखरी, पानी भएको कुवा, इनारमा कपासको माला बनाई गाईको दूध, दही, अक्षता, फूल, दुबो, श्रीखण्ड चन्दन, सिन्दूरले पूजा गरिन्छ ।

प्रकाशित : सोमबार, साउन २०, २०७६०७:२३

आज नागपञ्चमीबाट पुनःसक्रिय भयो मनसुन : मेघगर्जन-चटयाङ सहित पानि पर्ने !