छोरी जन्मेको १ वर्षमै दोस्रोपटक पिता बने कपिल शर्मा!

हास्यकलाकार कपिल शर्मा  दोस्रो पटक पिता बनेका छन् । उनको श्रीमती गिन्नी चतरथले आज छोरा जन्माएकी छन् । यस कुराको जानकारी कपिलले सामाजिक सञ्जालमा दिएका हुन्। साथै उनले सबैको माया र प्रेमको लागि धन्यवाद दिएका  छन्  । योभन्दा पहिला २०१९ मा कपिलको घरमा छोरीको जन्म भएको थियो ।

कपिल शर्माले बिहान ५ : ३० बजे  पोस्ट साझा गरेर , “नमस्कार, आज बिहान हाम्रो घरमा छोराले जन्म लिएको छ । भगवानको कृपाले बच्चा र आमा दुवैजना स्वस्थ रहेका छन्। तपाईहरु सबैको माया , आशीर्वाद र प्रार्थनाको लागि धेरै धन्यवाद। सबैजनालाई धेरै माया , गिन्नी र कपिल।” कपिलको यस पोस्टमा उनको फ्यान सामाजिक सञ्जालमा बधाई दिईरहेका छन् । बलिउडको कैयौं सेलिब्रिटीले कपिल गिन्नीलाई बधाई दिईरहेका छन् ।

केही दिन अघि कपिलले आफ्नी श्रीमतीको गर्भावस्थाको बारेमा  पुष्टि गरेका  थिए । केही दिन अघि कपिल आफैले आफ्नी पत्नी गिन्नी चतरथले दोस्रो बच्चा जन्माउने कुरा सामाजिक सञ्जालमा  पुष्टि गरेका थिए । केहि हप्ताको अड्कल पछि यो बयान बाहिरिएको थियो । एक सोशल मीडिया यूजरले उनलाई सोधेका थिए कि ‘द कपिल शर्मा शो’ अफ एयर किन  भईरहेको छ । तब कपिलले यसको जवाफमा उनी आफ्नो श्रीमतीसँग समय बिताउन चाहने बताएका थिए र दोस्रो बच्चाको स्वागत गर्न चाहने बताएका थिए ।

यसअघिको जनवरीमा कपिलले पोष्ट गरेका थिए ,”शुभ समाचारलाई अंग्रेजीमा के भन्छ ?” यसमा चेतन भगतले कपिललाई बधाई दिएर लेखेका थिए  , “कन्ग्रेचुलेशन्सलाई हिन्दीमा के भन्छ ? तिमीलाई धेरै बधाई छ। ” त्यसपछि हास्यकलाकार भारती सिंहले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गरेकी थिइन् । जुनमा गिन्नीको बेबी देखिएको थियो । कपिल शर्माले गिन्नी चतरथसँग २०१८ मा बिहे गरेका थिए ।

प्रकाशित : सोमबार, माघ १९, २०७७१६:००

‘संसद् पुनःस्थापना भए मात्रै लोकतन्त्र र संविधान सही गतिमा आउँछ ’