पछिल्लो केहि हप्ताबाट बार्सिलोनाका कप्तान लियोनल मेस्सी क्लबका लागि उत्कृष्ट लयमा रहेको छन्। उक्त लयलाई निरन्तरता दिँदै मेस्सीले गयराती भएको एथलेटिको बिल्बावो विरुद्धको खेलमा उत्कृष्ट फ्री-किक गोल गर्दै खेलमा गोलको खाता खोले।
यो गोल मेस्सीको बार्सिलोनाका लागि ६५० औं गोल थियो भने आफ्नो खेल जीवनको ५५ औं डायरेक्ट फ्री-किक गोल थियो। उनले बार्सिलोनाका लागि मात्र ४९ फ्री-किक गोल गरिसकेका छन्। विगत ५ वर्षमा मेस्सीले २१ फ्री-किक गोल गरेका छन्। उनका नजिकका प्रतिद्वन्दी एलेकजेन्डर कोलारोभ र जेम्स वार्ड प्रोसका नाममा ८ फ्री-किक गोल छन्।
३३ वर्षिया अर्जेन्टिनी कप्तान आफ्ना चिर-प्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डोभन्दा पनि अगाडी छन् जसको नाममा ४७ क्लब फ्री-किक गोल छ। अहिलेको समयमा मेस्सी सर्वश्रेष्ठ फ्री-किक टेकर रहेको कुरा स्वीकार गर्नमा थोरैलाई मात्र समस्या होला। तर के उनी फुटबल इतिहास कै सर्वश्रेष्ठ फ्री-किक टेकर हुन् त ? यसको लागि यो सूची हेरौं….
१२. लियोनल मेस्सी (५५ गोल)
११. क्रिस्टियानो रोनाल्डो (५६ गोल)
१०. रोजेरियो सेनी (५९ गोल)
९. मार्सेलिन्हो करिओका (५९ गोल)
८. रोनाल्ड कोमन (६० गोल)
७. जिको (६२)
६. डिएगो म्याराडोना (६२ गोल)
५. डेभिड ब्याकम (६५ गोल)
४. रोनाल्डिन्हो (६६ गोल)
३. भिक्टर लेग्रोटाग्लीए (६६ गोल)
२. पेले (७० गोल)
१. जुनिन्हो (७७ गोल)
मेस्सीले खेल जीवनबाट सन्यास लिनु अघि बार्सिलोनाका हालका प्रशिक्षक रोनाल्ड कोमनलाई उछिन्ने सम्भावना रहेको छ। जीको र डिएगो माराडोना जस्ता दक्षिण अमेरिकी दिग्गजलाई पछाडी पार्ने पनि सम्भावना देखिन्छ। जुनिन्होको मामिलामा भने यो निकै कठिन देखिन्छ कि उनको रेकर्ड कसैले तोड्नेछ।