धेरै बलिउड चलचित्रहरू यस्ता छन्, जसमा मानिसहरूले उनको चरित्रलाई फिल्म भन्दा बढी मन पराउँछन्। र त्यस्ता धेरै जोडीहरू छन, जुन दर्शकहरूले मन पराएका छन्। यति मात्र नभई उनीहरुको नामको ह्यासट्याग पनि सामाजिक सञ्जालमा एकदम भाइरल भइरहेको छ। यस्तो पनि जोडी छन, जसले फिल्मी पर्दामा निकै माया बटुलेका छन् तर वास्तविक जिन्दगीमा भने उनीहरु एकअर्कासँग कुरा गर्दैनन् । हामी तपाईलाई ती स्टारको बारेमा बताउछौ, जो यस लिस्टमा रहेका छन् ।
आमिर खान र जुहीको जोडी

आमिर खान र जुही चावला ९० को दशकमा सबैभन्दा हिट जोडी रहेका थिए । उनीहरूले धेरै फिल्महरूमा सँगै काम गरेका थिए। १९८८ सालमा आएको फिल्म ‘कयामत से कयामत तक’ लाई दर्शकले निकै मन पराएका थिए । ठूला पर्दामा यति धेरै हिट फिल्महरू दिने यी कलाकारहरूले लामो समयदेखि एक अर्कासँग कुराकानी गरेका छैनन् । यी दुई कुराकानी नगर्नुको करण १९९७ मा आएको फिल्म ‘इश्क’ मा विवाद भएको थियो र त्यसपछि यी दुईले आफ्नो निजी जिन्दगीमा पनि दुरी बनाए ।
अभिषेक बच्चन र रानी मुखर्जी जोडी

अभिषेक र रानीको सम्बन्ध पनि २००५ मा आएको फिल्म ‘बन्टी और बबली’ सँग मिल्दोजुल्दो रहेको छ । यी दुईले एकअर्कालाई निकै मन पराउथे । तर जब ऐश्वर्या राई अभिषेकको जीवनमा आईन, त्यसपछि यी दुईले एकअर्कासँग दुरी बनाए । रिपोर्ट अनुसार फिल्म ‘लागा चुनरी मे दाग’ मा यी दुईबीच विवाद भएको थियो । फिल्मभन्दा पनि यी दुईको सम्बन्धको धेरै चर्चा भएको थियो ।
करीना कपूर र शाहिद कपूर जोडी

बलिउडको सबैभन्दा चर्चित जोडीलाई कसले बिर्सिन सक्छ र । एक समय यस्तो थियो जब हरेक पत्रिकामा र टिभीको च्यानलमा उनीहरुको मायाको चर्चा हुन्थ्यो। दर्शक यी दुईलाई निकै मन पराउथे र फिल्ममा पनि देख्न चाहन्थे । दुवैले धेरै हिट फिल्ममा काम गरे र यी दुई फिल्म ‘जब वी मेट’ फिल्मपछि अलग भए ।
अध्ययन र कंगनाको जोडी
सधैँ मतभेदमा रहने कंगना र अध्ययनको नाम पनि यस लिस्टमा रहेको छ । यी दुईले लामो समयसम्म एकअर्कालाई डेट गरे। फिल्म ‘राज २’ को क्रममा यी दुईको भेट भएको थियो र फिल्मको प्रमोशनसम्म यी दुईको सम्बन्ध खराब भईसकेको थियो। त्यस समय यी दुईको सम्बन्धको बारेमा त्यति हल्ला भएन । तर हालै यी दुईले एक-अर्कालाई आरोप लगाएका थिए ।
सोनम र अभयको जोडी

२०१३ मा आएको फिल्म ‘रांझणा’ मा सोनम र अभयलाई एकसाथ देखिएको थियो र निकै मन पनि पराईएको थियो । तर फिल्मको शूटिंग सकिएपछि यी दुईको सम्बन्ध राम्रो रहेन र सम्बन्ध सुरु हुनुभन्दा पहिला खतम भयो ।

