केजिएफ-२ रिलिज हुने दिन भारतमा राष्ट्रिय बिदा ?

एजेन्सी – भारतीय अभिनेता यशको ‘केजिएफ-२’ अहिले अध्याधिक चर्चामा छ। चलचित्र रिलिज हुने मिति तय भएसँगै यस चलचित्रको चर्चा अझ बढिरहेको छ। यो फिल्म आगामी जुलाई १६ मा रिलिज हुने पक्का भइसकेको छ। चलचित्र रिलिज हुने मिति तय भएपछि अभिनेता यशका प्रशंसकहरुलाई जुलाई १६ कहिले आउला जस्तै भएको छ।

यसै बीच दक्षिण भारतीय स्टार अभिनेता यशका प्रशंसकहरुले ‘केजिएफ-२’ हेर्नको लागि सार्वजनिक बिदा नै माग गरेका छन्। यशका प्रशंसकहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठी लेखेर चलचित्र रिलिज हुने दिनमा सार्वजनिक दिन माग गरेका हुन्।

‘यश फ्यान ग्रुप’ले ट्विटरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखेको उक्त पत्र यति बेला समाजिक संजाल र मिडियामा भाइरल भइरहेको छ।

के छ पत्रमा ?

यशका प्रशंसकहरुले उक्त पत्रमा ‘केजिएफ-२’ एक चलचित्र नभई आफूहरुको भावना रहेको उल्लेख गरेका छन्। दर्शकहरु फिल्म हेर्न व्यग्र प्रतीक्षामा रहेको भन्दै उनीहरुले त्यसदिन आफूहरुको भावना बुझेर सार्वजनिक बिदा दिन मोदी समक्ष उनीहरुले माग गरेका छन।

पत्रमा भनिएको छ,”हामी सबैलाई थाहा छ यशको बहुप्रतिक्षित फिल्म केजिएफ च्याप्टर २ जुलाई १६ मा सार्वजनिक हुँदैछ। दर्शकहरु फिल्म हेर्न व्यग्र प्रतीक्षामा छन्। केजिएफ च्याप्टर चलचित्र नभई हाम्रो भावना हो। हाम्रो भावना बुझेर त्यसदिन राष्ट्रिय बिदा घोषणा गरिदिनु होला।”

प्रशान्त निलद्वारा निर्देशित यस चलचित्रमा अभिनेता यशका अलावा संजय दत्त, श्रीनिधि शेट्टी र रविना टंडनको पनि मूख्य भूमिका रहनेछ। साथ-साथै चलचित्रमा अनन्त नाग, प्रकाश राज, माल्भिका अविनाश, अच्युत कुमार र अर्चना जोइस पनि महत्वपूर्ण भूमिकामा देखा पर्नेछन्।

प्रकाशित : मङ्गलबार, माघ २०, २०७७१४:१४

अभिनेत्री श्वेता विरुद्ध सुष्मा कार्कीको उजुरी !