यस्तो चीजलाई शिवलिंग सम्झिएर दिनभरी पूजा गरे, पछि रहस्य खुल्दा हाँसो रोकिएन !

एजेन्सी – भारत उत्तर प्रदेश बदायूँ जिल्लामा गत हप्ता जमिनमा एक अजिव लाग्दो चीज देखियो। त्यसलाई स्थानीयहरुले शिवलिंग सम्झिए। कुँवरगाउँ क्षेत्रमा शिवलिंग फेला परेको भनेर हल्ला फैलियो। हल्ला फैलिएपछि त्यहाँ पूजा गर्ने र भेटि चढाउनेको भिड नै लाग्यो।

एकाबिहानै फेला परेको उक्त चीजलाई पूजा गरिएपछि त्यहि दिन दिउँसो उक्त चीज शिवलिंग नभएको थाहा भयो। खासमा शिवलिंग भन्ठानिएको त्यो वस्तु अरु केहि नभई एलईडी बल्ब थियो। जब गाउँलेहरुले आफूहरुले एलईडी बल्बलाई पूजा गरेको थाहा पाए, तब उनीहरुको हाँसो रोकिएन।

के हो घटना?

यो घटना गत बुधबारको हो। गत जनवरी २७ बिहान बदायूँ जिल्लाको कुँवरगाउँ क्षेत्रमा एक व्यक्ति पशुशालामा सफाई गर्दै थिए। सफा गर्नेक्रममा उनले एक सेतो चम्किलो वस्तु फेला पारे। सेतो चमकदार वस्तु फेला परेको कुरा गाउँमा फैलियो।

त्यतिकैमा त्यहाँ केहि गाउँले जम्मा भए र वरिपरी कपडा विछ्याएर पूजा गर्न शुरु गरे। यो कुरा गाउँभरि फैलियो। घरबाट दूध, पानी, पैसा, प्रसाद आदि सहित आएर गाउँलेहरु पूजा गर्न थाले। गाउँलेहरुले चढाएको भेटि मात्रै त्यहाँ १५ सय भन्दा बढी जम्मा भएको थियो।

यसरी खुल्यो वास्तविकता

पशुशालामा भेटिएको बल्बलाई केहिले शिवलिंग सम्झिएको भएपनि त्यो कुरा केहि गाउँलेले भने पत्याएका थिएनन्। ती मध्येकै केहिले बल्ब वरिपरीको माटो हटाएपछि वास्तविकता खुलेको थियो। वास्तविकता खुलेपछि आफ्नो अन्धविश्वास देखेर आफैं हाँसेका थिए।

प्रकाशित : मङ्गलबार, माघ २०, २०७७१६:०२

मुखबाट निक्लियो ७ इन्च लामो माछा, के हो त पूरा घटना ? [भिडियो सहित]