नेकपा अध्यक्ष पुष्पकमल र माधव नेपाल समुहले भोलि (बिहिबार) आमहड्ताल गर्ने भएका छन्। सरकारले संवैधानिक निकायहरूमा जबर्जस्ती पदाधिकारी नियुक्त गरेपछि प्रचण्ड-नेपाल समूहले पूर्वनिर्धारित आ-न्दोलनको कार्यक्रम परिमार्जित गर्दै आमह-ड्ताल गर्न लागेको हो ।

यसबारे आज दिउसो २ बजे पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर जानकारी दिइने प्रचण्ड-नेपाल समूहका एक नेताले बताएका हुन्।
आज विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूले संसदीय सुनुवाइ बिना नै सपथ लिएका छन्। संविधानविपरीत संवैधानिक निकायका पदाधिकारीको सपथ भएको संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले बताएका छन्।

