त्रिभुवन विमानस्थलबाट लुकाएर लेराएको सुनसहित एक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सात सय सात ग्राम सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरिएको छ।

विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाका अनुसार बुधबार बिहान साढे १० बजे दुबईबाट नेपाल एयरलाइन्समा नेपाल आइपुगेका एक पुरूषबाट सुन बरामद गरिएको हो। पक्राउ पर्नेमा हिरेन्द्र महतो नामका चितवनका एक युवक रहेका छन्।

महतो माथि प्रहरीलाई शंका लागेपछि प्रहरी तथा भन्सार कार्यालयको टोलीले उनको सुटकेसमा छानबिन गरेको थियो। सुटकेस चेक गर्दा भित्र कागज जस्तो देखिने खाम फेला पेरेको र उक्त खाममा सुन भेट्टिएको बाँस्तोलाका बताए।

“शंका लागेर सुटकेसभित्र हेर्दा कागजको खामजस्तो बनाएर त्यसभित्र सुन राखेर ल्याइएको रहेछ,” एसएसपी बाँस्तोलाले भने। उनीबाट प्रहरीले सुनका साथै थप तीन वटा आइफोन तथा घडीहरू पनि बरामद गरेको छ। थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित : बुधबार, माघ २१, २०७७१६:३८

सरकारले संविधान विपरीत काम गरेको छ, निर्वाचन हुनु हुँदैन: बाबुराम भट्टराई