ओलीको भाषण सुनेपछि भीम रावलले भने – ‘चटकेको पछि नलाग्नु’

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूहका प्रभावशाली नेता डा भीम रावलले चटकेको पछि लाग्न नहुने बताएका छन्।

नेकपाको अर्को खेमाले काठमाडौँमा आयोजना गरेको सभामा प्रधानमन्त्री तथा सो समूहका अध्यक्ष केपी शर्मा ओलीले गरेको भाषण सुनेपश्चात ट्वीटर मार्फत प्रतिक्रिया जनाउँदै यस्तो बताएका हुन्। ओलीले आफ्नो भनाइको आफैँले खण्डन गरेको रावलको भनाई छ।

नेकपाका स्थायी समिति सदस्य समेत रहेका रावलले एकातिर प्रधानमन्त्री ओलीले हरेकका लागि विकास गरेको दावी गरेको र अर्कातर्फ काम गर्न नदिएको भनेर प्रतिनिधि सभा विघटन गरेको भनेर आफ्नै कुराको खण्डन गरेको ट्वीटरमा उल्लेख गरका छन्। ओलीको भाषणले ढाँटेको कुरा काटे मिल्दैन भन्ने कुरालाई पुष्टि गरेको रावलको दावी छ।

“प्रम केपी ओलीले एकातर्फ आफुले चौतर्फी विकास गरेको र हरेकका लागि काम गरे जसरी कसैले नगरेको आमसभामा भन्नुभयो भने अर्कोतर्फ काम गर्न नदिएर प्रतिनिधि सभा विघटन गरेको कुरा गरेर आफ्नो भनाइको आफै खण्डन गर्नुभयो। ढाँटेको कुरा काटे मिल्दैन भनेको यही हो। उहाँकै शब्दमा–चटकेको पछि नलाग्नु।”,नेता रावलले ट्वीटरमा लेखेका छन्।

प्रकाशित : शुक्रबार, माघ २३, २०७७१६:२२

सुशांत सिंह राजपूत ड्र-ग्स केसमा एनसीबीले कारवाही गर्दै, ३ दिनमा ४ व्यक्ति पक्राउ!