कोभिड संक्रमणका कारण ७५ दिन सम्म कोमामा रहेकी महिलाको जब होश खुल्यो …

केल्सी टाउनसेन्डले आफ्नो नवजात शिशुलाई आफ्नो जन्मेको तीन महिना पछि मात्र छुन पाइन्। एसोसिएटेड प्रेसका अनुसार ३२ वर्षीय केल्सी अमेरिकाकि बासिन्दा हुन्। ४ नोभेम्बर २०२० को कुरा हो जब उनले नवजात बच्चालाई जन्म दिइन्। उक्त समयमा उनी कोभिड पोजेटिभ थिइन् र डेलिभरीपछि कोमामा गईन्। उनी पूरा ७५ दिन कोमामा रहिन्। ७५ दिन पश्चात होस आएपछि मात्र उनले आफ्नो बच्चालाई काखमा लिन पाइन्। उनलाई मेडिसनको एसएसएम हेल्थ सेन्ट मेरी अस्पतालमा भर्ना भएकी थिइन्। उनी २७ जनावरी २०२१ मा होस फर्केपछि आफ्नो बच्चालाई छुन सकिन्।

इंडिया टाइम्सका अनुसार केल्सीले भनिन्, “हामी दुई जना भेतना साथ एक-अर्कासँग जोडियौं। उनले मलाई एक मुस्कान दिइन् र यस्तो लाग्यो कि उसले मलाई चिनेकी छिन्। म अहिले निकै खुसी छु।” अस्पतालका डाक्टरका अनुसार कोभिडको समयमा केल्सीले जन्म दिएको बच्चा स्वस्थ थियो।

डेरेक टाउनसेन्ड केल्सीका पति हुन्। उनले भने,”धेरै पटक डाक्टरहरुले केल्सीको अवस्था निकै खराब छ भनेका थिए। मलाई धेरै पटक लागेको थियो कि मैले उसलाई गुमाउँछु।”

डेरेकका अनुसार केल्सी कोमामा हुँदा उनीहरुकी छोरी लूसी यता उता हेर्थिन्, जस्तो कि उसले कसैलाई खोजी रहेकी छिन्। कलसी र उनका पति दुबैलाई कोरोना थियो।

प्रकाशित : शुक्रबार, माघ २३, २०७७१८:५४

पहिलो पटक समुन्द्र देख्दा खुशीले पुलकित भयो हात्तीको बच्चा ‘छावा’