काठमाडौँ – गत हप्ता केहि दिन लगातार घटेको सुनको मूल्य यस हप्ताको पहिलो दिननै बढेको छ। गत हप्ता लगातार ३ दिन घटेको सुनको मूल्य आज बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैंयाले बढेको छ। यस वृद्धिसँगै छापावाला सुनको मूल्य ९० हजार ६ सय काम भएको छ भने तेजाबी सुनको मूल्य ९० हजार १ सय ५० कायम भएको छ।
गत हप्ता सुनको मूल्य
गत हप्ता छापावाला सुन ९० हजार देखि ९२ हजार ६ सय रुपैंया सम्ममा कारोबार भयो भने तेजाबी सुनको मूल्य पनि सबै भन्दा कम ८९ हजार ५ सय ५० र बढीमा ९२ हजार १ सय रुपैंया सम्म पुग्यो।
गत हप्ताको आइतबार तोलामा १ सय र सोमबार ५ सय रुपैंयाले बढेको सुनको मूल्य मंगलबार भने स्थित रह्यो। त्यसपश्चात सुनको मूल्य ३ दिन लगातार घट्यो।
सुनको मूल्य बुधबार ६ सय, बिहिबार ९ सय र शुक्रबार १ हजार १ सय रुपैंयाले घटेको थियो। शुक्रबार सुन मङ्सिर १५ गते यताकै सस्तो भएको थियो।
चाँदीको मूल्य
आइतबार चाँदीको मूल्य पनि केहि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तोलामा २० रुपैंया बढेसँगै चाँदीको मूल्य १ हजार ३ सय १० कायम भएको छ।
गत हप्ता चाँदी सस्तोमा १ हजार २ सय ९० देखि महँगोमा १ हजार ४ सय रुपैंया सम्ममा कारोबार भएको थियो।