पीएसजी तथा ब्राजिलियन स्टार नेइमारले आफूलाई जति नै अपरिपक्व भने पनि आफूले कहिले पनि पार्टी गर्न नछाड्ने बताएका छन्। नेइमार विशेष रूपमा मिडिया ध्यान आकर्षण गर्न ठूलो व्यक्तित्वसँग भव्य समारोह होस्टिंगको लागि परिचित छन्।

“कसलाई पार्टी गर्न मन पर्दैन र ? सबैलाई रमाइलो गर्न मन पर्छ,” नेइमारले फ्रेन्च स्टेशन टीएफ १ सँगको अन्तर्वार्तामा भने। “मलाई थाहा छ म कहिले जान सक्छु, मलाई थाहा छ म कहिले गर्न सक्छु र कहिले गर्न सक्दिन।”

त्यस्तै, आफूलाई अपरिपक्व भन्ने मानिसलाई पनि उनले कडा उत्तर दिएका छन्। उनले मानिसले आफू अपरिपक्व सोचे पनि आफूले केहि गर्न नसक्ने बताएका छन्।

नेइमार, जसले केहि दिन अघि मात्र आफ्नो २९ औं जन्मदिन मनाए, कोभिड घटनामा वृद्धि भएपनि रियो दि जेनेरियोको समुद्रीतट हवेलीमा १५० व्यक्तिका साथ एक हप्तासम्म नयाँ वर्षको पार्टी मनाएको भन्दै आलोचना गरिएको थियो।

त्यस्तै, उनी सामाजिक जीवनले आफ्नो खेलमा कुनै असर नगर्ने विश्वास गर्छन्। “म धेरै वर्षदेखि फुटबलमा छु,” उनले भने, “यदि दिमागमा जतिबेला पनि फुटबल फुटबल भनेर बस्यो भने यसले असर गर्छ। शान्त हुनको लागि पनि समय चाहिन्छ, रमाइलो गर्नुपर्छ। जुन मा कहिले पनि गर्न छोड्दिन।”

