सामुहिक बलात्कारपछि नेपाली बालिकाको शव विहारमा जवरजस्ती जलाइयो !

सांकेतिक तस्विर

काठमाडौं । भारतको विहारमा नेपाली एक बालिकामाथी सामुहिक बलात्कार गरेर जवरजस्ती शव जलाइएको छ । घटनालाई लुकाउन प्रहरीले पनि साथ दिएको खुलेको छ । घटना माघ ८ गतेको भएपनि केही दिनअघि मात्रै सार्वजनिक भएको हो । विहारको पूर्वी चंपारण जिल्लामा घटना भएको भारतीय प्रहरीले जानकारी दिएको छ । बर्दियाको बारबर्दिया नगरपालिकाका बासिन्दा सुरेश (परिवर्तित नाम) पछिल्लो सात वर्षदेखी मोतिहारीको कुण्डवा चैनपुरमा मजदूरी काम गर्दै आएका थिए । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

उनकै १२ वर्षिया छोरीमाथी सामुहिक बलात्कारको घटना भएको हो । सुरेशका अनुसार उनकी पत्नी बर्दिया आएका बेला घटना भएको बताएका छन् । सुरेशपनि काम गर्न र उनका छोरा पनि बजार गएको बेला घरमा छोरीमात्र रहेको अवस्थामा सामुहिक बलात्कारमा परेकी थिइन् । ‘अपरान्ह चार बजेतिर जब मेरो छोरा बजारबाट घर आउदै गर्दा घरबेटी सियाराम साहले घर जान रोके । तर, मेरो छोरोले सो कुरालाई अटेर गर्दै घर पुग्दा बहिनी भुईमा घायल अवस्थामा रहेको देखे । त्यो देखेपछि उसले मलाई बोलायो । म घर पुग्दा छोरी जमीनमा लडिरहेकी थिइ र उसको घाटीमा रातो डाम थियो । मैले उसलाई उपचारका लागि स्थानीय चिकित्सकको मा लिएर गए तर कसैले पनि उपचार गरेनन्’, सुरेशले दिएको निवेदनमा उल्लेख छ ।

सुरेशकाअनुसार अभियुक्तहरु गाउँमा भेला भएर उनिमाथी जवरजस्ती शव जलाउनका लागि दवाव दिन शुरु गरेका थिए । देवेन्द्रकुमार साहले शव तत्कालै नजलाए ‘त र तेरो छोराको हत्या गरेर नेपालमा फ्याकिदिन्छु’ भनेर धम्की दिएका थिए । त्यसपछि एउटा सेतो कागजमा औठा छाप लगाएर राति १२ बजे बलपूर्वक पोखर रोडस्थित सडक किनारामा नुन र चिनी हालेर लाश जलाएको सुरेशले बताए । त्यसको भोलीपल्ट सुरेशलाई नेपालतर्फ भगाईदिएका थिए ।

घटनालाई लुकाउन स्थानीय प्रहरीले सहयोग गरेको एउटा अडियो सार्वजनिक भएको छ । सो अडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । प्रारम्भिक जाँचमा पनि स्थानीय प्रहरीका थानाध्यक्ष संजीव कुमार रञ्जनले सहयोग गरेको खुलेको हो । एसपी नवीनचन्द्र झाका अनुसार थानाध्यक्ष रञ्जनको लापरवाही र कर्तव्यहीनताले घटना भएको बताए । उनलाई अहिले निलम्बन गरेको र संलग्न भएको देखिएमा एफआईआर दर्ता गर्ने जानकारी दिएका छन् ।

८ गतेको घटना भएपनि माघ २० गतेमात्रै प्रहरीले एफआरआइ दर्ता गरेको थियो । एफआईआरमा ११ जनालाई अभियुक्त बनाइएको छ । विनय साह, दीपक कुमार साह, रमेश साह, देवेन्द्र कुमार साहमाथी सामूहिक बलात्कार र हत्याको आरोप लगाइएको छ । यसैगरी घरमालिक सियाराम साहसहित ७ जनाविरुद्ध शवलाई जवरदस्ती जलाएर सवुत मेटाउने आरोप लगाइएको छ ।

गत शुक्रबार घटनाको एउटा अडियो सार्वजनिक भएको थियो । जसमा थानाध्यक्ष रञ्जन र अभियुक्त रमेश साहबीच कुराकानी भएको उल्लेख छ । कुराकानीमा थानाध्यक्ष रञ्जनले साहसँग भन्छन्, ‘काठको व्यवस्था गर्नु अनि लड्की जाडोको कारण मरी भनेर लेख्नु ।’ प्रहरीका अनुसार दुई जना अभियुक्त पक्राउ परेका छन् । अन्य अभियुक्तको पक्राउका लागि एउटा टोली गठन गरिएको जानकारी दिएका छन् ।

भारतीय सञ्चारमाध्यमले यो घटनालाई दोस्रो हाथरस घटना भन्दै समाचारहरु प्रकाशन गरेका छन् । हाथरसमा पनि यसैगरी एक युवतिको बलात्कारपछि गाँउमै जवरजस्ती जलाइएको थियो । सुरेशले घटनापछि भनेका छन्, ‘के सबै भारतीय यस्तै छन् ? भारतका सबै प्रहरी यस्तै छन् ? हामीलाई न्याय चाहियो । उनिहरुले हाम्रो परम्पराअनुसार गाड्न दिएनन् बरु जवरजस्ती जलाइदिए ।’

प्रकाशित : सोमबार, माघ २६, २०७७०९:२४

प्रतिनिधिसभा विघटन: छिटो बहस सक्न प्रधानन्यायाधीशको निर्देशन !