प्रपोज डे: यी पुरुषहरुले ट्राफिक सिग्नलमा र नक्कली औठी दिई यसरी गरेका थिए प्रपोज!

आज भ्यालेन्टाइन विकको दोस्रो दिन अर्थात प्रपोज डे हो । यस दिनमा  आफ्नो  विशेष व्यक्तिलाई  हिम्मत जुटाएर आफ्नो प्रेमी प्रेमिका बन्ने प्रस्ताव  गर्ने गरिन्छ। तर प्रस्ताव गर्नको लागि यही दिनको प्रतिक्षा गर्न जरुरी भने  रहेको छैन। थाहा पाउनुहोस मुकेश अंबानीदेखि  शाहरुख खान र निक जोनससम्मले कसरी आफनो प्रेमिकालाई प्रेम प्रस्ताव वा प्रपोज गरे ।

मुकेश अंबानी-नीता अंबानी

मुकेशको  नीता अंबानीसँग पहिलो नजरमै प्रेम बसेको थियो।  दुवैको केहि कुरा वा ब्याकग्राउन्ड एकअर्कासँग मिल्दैन थियो र समानता पनि थिएन। तर पनि उनीहरू बीचको बन्धन धेरै बलियो थियो। मुकेशले नीतालाई जीवनसाथी बनाउने निर्णय गरे र उनलाई प्रस्ताव गर्ने तरिका निकै  फिल्मी थियो। अंबानीले आफ्नो प्रेमिकालाई  डेटको लागि लगेर ट्राफिक सिग्नलमा रोकेर आफ्नो प्रेमिका बन्ने प्रस्ताव गरे र जबसम्म नीताले स्विकार गरिनन्  मुकेशले  त्यहाँबाट कार अगाडी बढाएनन्।

निक जोनस-प्रियंका चोपड़ा

निक जोनसले एक इन्टरभिउमा बताएका थिए कि उनले प्रियंकालाई उनको जन्मदिनको अघिल्लो दिन प्रपोज गरेका थिए। गायकले खुलासा गरेका थिए कि उनले प्रियंकाको जन्मदिन सकिने बेलासम्म पर्खेका थिए ताकी उनको जन्मदिन र इन्गेजमेन्ट एनिभर्सरी नजुदोस । त्यसपछि   निकले  प्रियंकालाई प्रपोज गरेर भनेका थिए  ‘के तिमी मलाई बिहे गरेर दुनियाको सबैभन्दा खुशी व्यक्ति बनाउछौ ?’ र  प्रियंकाले करिब ४५ सेकेन्डसम्म जवाफ दिईनन् र त्यसपछि निकले भने  ‘म अब तिमीलाई नै औँठी लगाउन गईरहेको छु यदि तिमीलाई  केहि आपत्ति छैन भने ।’ यसपछि  यी दुईले आफुहरुको सम्बन्धलाई विवाहमा परिणत गरे।

अभिषेक बच्चन-ऐश्वर्या राय

अभिषेक बच्चनले  ऐश्वर्यालाई प्रस्ताव गर्ने बेला  वास्तविक  औँठी पनि लगाईदिएका थिएनन्। अभिनेत्रीले एक अन्तर्वार्तामा बताएकी थिइन् कि  फिल्म ‘गुरू’ को शूटिंगपछि दुवैजना न्यूयोर्कमा थिए। अभिषेकले यस खास मौकाको लागी पुरै तयारी गरेका थिए र यही मौकामा अभिषेकले प्रस्ताव राखेका थिए। अभिनेत्रीले बताईन कि अभिषेक पुरै तयारी भएपनि उनले ऐश्वर्यालाई औँठी भने लगाईदिएका थिएनन्। त्यो   डायमन्ड वा सुनले बनेको नभई फिल्मको सीनमा प्रयोग भएको नक्कली औठी थियो ।

शाहरुख खान-गौरी

यी दुईको प्रेमकहानी फिल्मभन्दा कम छैन। शाहरुखको  पजेसिव नेचरबाट समस्यामा रहेकी गौरी दिल्ली छोडेर मुम्बई आएकी थिइन्। उनलाई खोज्न अभिनेता खान  पनि यस शहरमा गएका थिए। धेरै मुश्किलपछि यी दुईको  अक्सा बीचमा भेट भएको थियो र निकै भावुक भएका थिए। त्यसपछि शाहरुखले गौरीलाई बिहेको लागि प्रस्ताव राखे।

सैफ अली खान-करीना कपूर

सैफ र करीनाको प्रेमकहानी फिल्म ‘टशन’ को सेटबाट सुरु भएको थियो। त्यसपछि अभिनेताले करिनालाई तीनपटक  प्रपोज गरेका थिए र अभिनेत्रीले सधैँ अस्वीकार गरेकी थिइन्। एकपटक पेरिसमा होलिडे मनाउने क्रममा  सैफले करीनालाई प्रपोज गरेका थिए र यसपटक अभिनेत्रीले स्वीकार गरेकी थिइन्।

प्रकाशित : सोमबार, माघ २६, २०७७१९:०६

कपुर परिवारमा एकै वर्ष दुई झट्का: अभिनेता राजीव कपुरको आकस्मिक मृत्यु!