काठमाडौँ – सर्वाेच्च अदालतकाे रजिस्ट्रारमा निर्मला शर्मा पौडेललाई सिफारिस गरिएको छ। पौडेललाई रजिस्ट्रारमा नियुक्तिका लागि आइतबार सिफारिस गरिएको हो।
न्याय सेवा आयाेगले पौडेललाई रजिस्ट्रारमा नियुक्तिका लागि गरेको सिफारिस मन्त्रिपरिषदमा पठाइसकेको छ। सो सिफारिस स्वीकृत गर्न मन्त्रिपरिषद बैठक बस्ने बताइएको छ।
यस भन्दा अगाडी कुनै पनि महिला सर्वोच्च अदालतको रजिस्ट्रार बनेका छैनन्। मन्त्रिपरिषद बैठकले सिफारिस स्वीकृत गरेको खण्डमा पौडेल सर्वोच्च अदालतको पहिलाे महिला रजिस्ट्रार बन्नेछिन्। दुई पटक जिल्ला अदालतकाे जिम्मेवारी अस्वीकार गरेकी पौडेल न्याय सेवामै क्रियाशिल रहेकी छन्।
यस्तै न्याय सेवा आयाेगले मुख्य रजिस्ट्रारमा लालबहादुर कुँवरलाई सिफारिस गरेकाे छ।