“एउटै केपी झेल्न सकिएन, अर्को केपी निस्किए देश सिद्धिन्छ”

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष अध्यक्ष माधवकुमार नेपालले आफू र केपी शर्मा ओली बीच धेरै फरक रहेको बताएका छन्।

एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्नेक्रममा अध्यक्ष नेपालले आफूहरु र ओली बीच धेरै भिन्नता रहेको बताएका हुन्।

काठमाडौँमा आयोजित भेलालाई सम्बोधन गर्दै नेपालले एउटै नयाँ केपीले आजित बनाइसकेको हुँदा नयाँ केपी ओली नचाहिने बताए। आफूलाई प्रधानमन्त्री पद नचाहिएको बताएका हुन्।

“केपीको नयाँ-नयाँ अवतार चाहिएको छैन । एक केपीले यो देश आजित भइसक्यो भने केपीको नयाँ-नयाँ अवतार आए देश थिलोथिलो भएर सिद्धिन्छ । हामी चाहन्छौँ सबै हिसाबले यो देशले, लोकतन्त्रले जितोस् ।”,पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने।

यस्तै नेपालले प्रतिनिधिसभा विघटनविरुद्धको लडाइँ जित्नका लागि नेपाली जनता र सिङ्गो राष्ट्र जुट्नुपर्ने पनि बताएका छन्। अहिले संविधानलाई क्षतविक्षत बनाउने पक्ष र विपक्ष बीच संघर्ष भइरहेको उनले बताए।

“यो संविधानलाई क्षतविक्षत बनाउने पक्ष र विपक्षको संघर्ष हो, लोकतन्त्रलाई र कमजोर बनाउने विचको संघर्ष हो, गणतन्त्र र संघीयतालाई सबल बनाउने र उपलब्धिलाई समाप्त पार्ने बीचको संघर्ष हो। यो संघर्षमा जितियो भने नेपाली जनता र देशले जित्नेछ तर जित्न सकेनौं भने नेपाली जनता र राष्ट्रले हार्नेछन्।”,नेपालले भने। विगतमा भएका त्रुटिहरु सच्चाउने प्रतिबद्धता सहित श्‍वेतपत्र जारी गर्ने पनि नेपालले बैठकलाई जानकारी गराए।

उनले भने,”विगतमा भएका त्रुटिहरु सच्चाउने प्रतिबद्धता गरौँ, प्रतिबद्धता पत्र जारी गरौं । जसलाई मान्छेले श्‍वेतपत्र भन्ने गरेका छन् । श्‍वेतपत्र जारी गरौं भन्नेमा छौं ।”

प्रकाशित : सोमबार, माघ २६, २०७७१७:३१

“ताजा जनादेशका लागि जनता माझ जाँदा किन अरुको टाउको दुखाइ?”