पक्राऊ पर्ने भनिएकी झाक्रीले ‘बोल्न पाइन्छ’ भन्दै भृकुटीमण्डपमा शुरु गरिन भाषण!

काठमाडौँ, माघ २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री बुधबार भृकुटी मण्डपमा आयोजित विरोध सभामा उपस्थित भएकी छिन्। जहाँ उनि ‘प्रतिगमन मुर्दावाद’ लेखिएको कालो कपडा, हातमा कालो पट्टी र मुखमा कालो टेप लगाएर सम्बोधनका लागि पोडियममा पुगेकी थिइन् ।

प्रहरीले निगरानीमा राखेको बताइएका बेला झाँक्रीले भृकुटीमण्डपमा आयोजित विरोध सभामा मुखको टेप निकालेपछि ‘बोल्न पाइन्छ’ भन्दै भाषण शुरू गरेकी थिइन् । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर उनको निकै विरोध भएको थियो।

 राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएकी झाँक्रीलाई काठमाडौँ उपत्यका प्रवेश गरेलगत्तै पक्राऊ गर्ने प्रहरी उच्च श्रोतले दावी गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपश्चात झाँक्री राष्ट्रपति विरुद्ध कडा रुपमा प्रस्तुत हुदै आएकी थिइन्।  केहि समय अगाडी झाँक्रीले भण्डारीलाई शीतलनिवासबाट निस्केर बालकोट जान चेतावनी दिएकी थिइन्। झाँक्रीले मदन भण्डारीको अवशान पश्चात राष्ट्रपति भण्डारीले सेतो सारी ओढेर राजनीतिक फाइदा लिएको आरोप समेत लगाएकी थिइन्।

झाँक्रीको त्यस्तो अभिव्यक्ति पश्चात अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) ले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएर कारवाही गर्न माग गरेको थियो।

प्रकाशित : बुधबार, माघ २८, २०७७१४:५८

प्रचण्ड-नेपालको ड्रोन दुर्घटनाग्रस्त, भिडमा खसेर बेपत्ता !