मलाई पक्राउ गर्न प्रहरीले पक्राउ पूर्जी लेराउनु पर्छ: झाँक्री

नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई पर्काउ गर्नको लागि प्रहरीलाई पक्राउ पूर्जी लिएर आउन आग्रह गरेकी छन् । राज्यले नागरिकलाई चाह्यो भने पक्राउ गर्न सक्ने बताउँदै यदि प्रहरीले पक्राउ पूर्जी लिएर आए मात्र आफूलाई पक्राउ गर्न सक्ने बताएकी छिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय अपराध महाशाखाले सोधपुछका लागि बोलाइएको थियो । तर झाँक्री नगएपछि उनलाई लिन प्रहरी नै उनको घर पुगेको थियो।

आफ्नै निजी निवासमा गरिएको पत्रकार सम्मेलनमा कुरा गर्दै झाँक्रीले भनिन्, “यो राजनीतिक मुद्दा हो । सडकमा लडिरहेका छौं, प्रतिवाद गर्छौं। पक्राउ पूर्जी लिएर आउनुस् म जान तयार छु ।”

प्रकाशित : बिहिबार, माघ २९, २०७७१२:१६

शुक्रबारदेखि पुनः वर्षा र हिमपातको सम्भावना !