लिभरपुलको उपाधि रक्षा अभियान समाप्त भएको क्लोपको घोषणा !

एजेन्सी – प्रिमियर लिग च्याम्पियन लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले उपाधि रक्षा अभियान सकिएको बताएका छन्। लगातारको हार पश्चात क्लोपले उपाधि रक्षा अभियान सकिएको बताएका हुन्।

गत हप्ता म्यानचेस्टर सिटिसँग लज्जास्पद हार बेहोरेको लिभरपुलले शनिबार राति लेस्टर सिटिसँग पराजित भएसँगै क्लोपले उपाधि रक्षा अभियान सकिएको बताए।

शनिबार राति किङ पावर स्टेडियममा लिभरपुल लेस्टर सिटीसँग ३–१ ले स्तब्ध बन्यो। एक गोलको अग्रता लिएपनि खेललाई नियन्त्रणमा राख्न नसक्दा लिभरपुलले ८ मिनेटको अन्तरमा ३ गोल बेहोर्न पुग्यो।

यसरी लेस्टरसँग स्तब्द भएपश्चात शिर्षस्थानमा रहेको म्यानचेस्टर सिटि र आफूहरु बीच रहेको अंकदूरी कम गर्न सहज नभएको उनले बताए। अब आफूहरुले उपाधिको चिन्ता गरिरहनुपर्ने अवस्था नरहेको उनको भनाई छ।

सन् २०२१ लागेयता लिभरपुलको प्रदर्शन कम्जोर भएको छ। पछिल्ला ७ खेलमा लिभरपुलले पाँच खेल हारेको छ। इङ्लिस प्रिमियर लिगमा लिभरपुलले २४ खेलबाट ४० अंक बटुलेको छ भने लिभरपुलले चौंथो स्थानमा सिमित छ।

इङ्लिस प्रिमियर लिगको शिर्ष स्थानमा रहेको सिटि लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको छ। प्रिमियर लिगमा खेलेका २३ खेल मध्ये सिटिले १६ खेल जितेको छ भने मात्रै २ खेल हारेको छ। त्यस्तै ५ खेलमा भने सिटिले बराबरी खेलेको छ। सिटिको अहिले ५३ अंक छ। उसलाई एक खेल बढी खेलेको लेस्टर सिटिले ४६ अंक सहित र बराबर खेल खेलेको म्यानचेस्टर युनाइटेडले ४५ अंक सहित पछ्याइरहेका छन्।

प्रकाशित : आइतबार, फागुन ०२, २०७७१३:४२

“म्यानचेस्टर सिटीलाई सजिलै उपाधि जित्न दिँदैनौं”