“म्यानचेस्टर सिटीलाई सजिलै उपाधि जित्न दिँदैनौं”

एजेन्सी – म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले म्यानचेस्टर सिटीलाई सहजै उपाधि जित्न दिने पक्षमा आफूहरु नभएको बताएका छन्।

गएराति भएको खेलमा रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको वेष्ट ब्रोमसँग १–१ को बराबरी खेलेपछि सोल्सायरले आफूहरु सिटीलाई सजिलै उपाधि जित्न दिने पक्षमा नरहेको बताएका हुन्।

सिटी राम्रो टिम रहेको र उत्कृष्ट लयमा रहेको कुरा आफूले राम्ररी बुझेको भएपनि सिटीलाई कडा टक्कर दिने उनको भनाई छ। आफूहरुले सिटी विरुद्ध खेल्न बाँकि रहेको उल्लेख गर्दै उनले सजिलै उपाधि जित्न नदिने बताए।

“सिटी धेरै राम्रो टिम हो। उनीहरु अहिले धेरै राम्रो लयमा छन्। लेस्टर सिटी र हामी बीच प्रतिस्पर्धा छ। हामीले सिटीसँग खेल्न बाँकि पनि छ।”,उनले भने,”हामी सिटीलाई सजिलै उपाधि जित्न दिदैनौं।”

त्यस्तै उनले आइतबारको बराबरीले आफूहरुलाई निराश बनाएको पनि बताएका छन्। तीन अंक लिएर शीर्ष स्थानमा रहेको क्लबलाई चुनौती पेश गर्न चाहेको भएपनि शुरुमै गोल खाँदा गार्हो भएको उनले बताए।

दोस्रो मिनेटमै टोलीले एमबाये डेग्नीले हेड गोल गरेपछि युनाइटेड पछि परेको थियो। बुर्नो फानान्डेजले ४४ औं मिनेटमा गोल फर्काएपनि थप गोल हुन सकेन। जस कारण अंक बाड्न युनाइटेड बाध्य भएको थियो।

इंगलिस प्रिमियर लिगको शिर्षस्थानमा अहिले म्यानचेस्टर सिटी छ। उसले २३ खेलबाट ५३ अंक जोडेको छ। त्यस्तै युनाइटेड दोस्रो स्थानमा छ। सिटी भन्दा एक खेल बढी खेलेको युनाइटेडको ४६ अंक छ भने सोहि अंकमा साथ लेस्टर सिटी तेस्रो स्थानमा छ।

लिभरपुलको उपाधि रक्षा अभियान समाप्त भएको क्लोपको घोषणा !

प्रकाशित : सोमबार, फागुन ०३, २०७७१०:१७

मेस्सीको कारण डी ब्रुएन सिटीमा खुसी छैनन्