भागरथी प्रकरणका आरोपित प्रहरीद्वारा सार्वजनिक

बैतडीको दोगदाकेदार गाउँपालिका ७ की भागरथी भट्टको ह-त्यामा संलग्न भनि पक्राउ परेका दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ। भागरथी पढ्ने सनातन माध्यमिक विद्यालय कै कक्षा ११ मा पढ्ने भट्टको भागरथी प्रकरणमा संलग्नता पुष्टि भएपछि उनलाई प्रहरीले सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय, बैतडीमा आयोजित पत्रकार सम्मेलनमा प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले बताएका छन्।

घटनास्थलको त्रुटिरहित ढंगले अनुसन्धान गरेर प्रमाण संकलन गरेर प्रयोगशालामा प्रमाण पठाइएको सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार दिनेश विरुद्ध ज्यान मु-द्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान हुनेछ। भट्टविरुद्ध भागरथीको दाइले कि’टानी जाहेरीसमेत दिएको प्रहरी प्रमुख सुवेदीले जनाए।

प्रकाशित : बुधबार, फागुन ०५, २०७७१५:२३

सडकले जोडियो भारतको सिक्किम