युगान्डामा विष्फोटमा परी चार बालबालिकाको मृत्यु

सांकेतिक तस्विर

६ फागुन- युगान्डा उत्तरपश्चिमी जिल्ला आद्जुमनीको माजी दोस्रो शरणार्र्थी बस्तीमा बिहीबार भएको ग्रेनेड वि-ष्फो’टमा परी चार बालबालिकाको मृ-त्यु भएको छ । बालबालिकाले विस्फोटक पदार्थलाई उठाएर घरमा लगेका र त्यहाँ अन्य बालबालिकासँग सामेल भएका स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

उक्त ब-म वि’स्फो-ट हुँदा बालबालिकाहरु ग्रेनेड का-ट्ने कोशिस गरिरहेका थिए । तीन बालबालिकाको घटनास्थलमै ज्यान गएको थियो । अन्य छ जना गम्भीर घाइते भएका प्रहरीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । घाइतेहरु मध्ये एक बालकको ज्यान गएको जनाइएको छ । घाइते अन्य पाँच बच्चाहरुलाई थप उपचारको लागि आद्जुमनी अस्पतालमा सारिएको बताइएको छ ।

संयुक्तराष्ट्र संघ शरणार्थी निकायको तथ्यांकअनुसार माजी दोस्रो शरणार्थी बस्तीमा छिमेकी राष्ट्र दक्षिण सुडानबाट आएका १७ हजार भन्दा बढी शरणार्थीहरु रहेका छन्।

प्रकाशित : बिहिबार, फागुन ०६, २०७७१६:३५

देशभर ९६ जना कोरोना संक्रमित भेटिए, तीनको मृत्यु !