प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दासँग मेल खाने भन्दै अधिवक्ताले इजालसमै गईन् नारायण गोपालको यो गीत !

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अन्तिम बहस जारी रहेको छ । बहसका क्रममा एमिकस क्युरी (अदालतका साथी) का रूपमा चयन भएका वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय पेश गर्दै अहिलेको मुद्दा स्वर सम्राट नारायण गोपालको एक गीतसँग मेल खाने भन्दै राय पेश गर्ने क्रममा इजालसमै गीत गाएर सुनाएकी छिन् ।

त्यस्तै, उनले संग्रौलाले वर्तमान संविधान बिरामी नरहेको र कोमामा पनि नगएको दलिल पेश गरेकी छिन् । “संविधान बिरामी पनि छैन । कोमामा पनि गएको छैन । हामी त्यही संविधानको धारा बोकेर यहाँ आएका हौँ,” संग्रौलाले भनिन्। उनले यसअघि रिट निवेदकका तर्फबाट बहस गर्ने अधिवक्ताहरुले भनेजस्तो संविधान बिरामी पनि नभएको तर्क पेश गर्दै मुद्दासँग स्वर सम्राट नारायण गोपालको तिमीले भनेका, सारा देव छोएर, म किरिया खान, कहाँ सक्छु र भन्ने  गीत सुहाउने बताईन्। उनले उक्त गीतका केहि अंश इजालसमै सुनाईन् ।

तिमीले भनेका, सारा देव छोएर,
म किरिया खान, कहाँ सक्छु र ।
यदि मान्छौ भने म, तिम्रै देव भनेर ,
म त खाइदिन्छु कसम, आफैलाई भाकेर ।
तिमीले भनेका, सारा देव छोएर…

तिमीले भनेका, सारा देव छोएर,
म किरिया खान, कहाँ सक्छु र।
यदि मान्छौ भने म, तिम्रै देव भनेर ,
म त खाइदिन्छु कसम, आफैलाई भाकेर।
तिमीले भनेका, सारा देव छोएर।

तारालाई साछी राखेर, बाचा नै कहिले खाएथे,
पानीमा औला चोपेर, सन्धी नै कहिले गरेथे।
अनि बाध्यताको के कुरा, पाप धर्मको के कुरा,
विश्वास गर, भन्छौ भने, अविस्वास नै कहिले गरेथे ।
तिमीले भनेका, सारा देव छोएर।

रातभर तिमी रोइदिंदा, रोएथे म केहि बेर,
केहि बेर तिमी हाँसीदिंदा, हाँसेथें म धेरै बेर।
अनि पौरुषताको के कुरा, चौडा छातीको के कुरा,
सुखमा हाँस भन्छौ भने, दुखमा कहिले रोएथे।

तिमीले भनेका, सारा देव छोएर,
म किरिया खान, कहाँ सक्छु र।

प्रकाशित : शुक्रबार, फागुन ०७, २०७७१३:१७

प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्रका लागि ज्यान दिने शहीदको सपना पूरा गर्छौं: मुख्यमन्त्री शेरधन राई