प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त

प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

“सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार मन्त्रिपरिषदबाट सिफारिस भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधार (१) को खण्ड (ख) बमोजिम प्रदेश नं. २ का प्रदेश प्रमुख श्री तिलक परियारलाई पदमुक्त गर्नुभएको छ,” राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

परियार २०७६ कार्तिक १९ गते प्रदेश प्रमुखमा नियुक्त भएका थिए।

त्यस्तै, संविधानको धारा १६३ को उपधारा २ बमोजिम राजेश झालाई प्रदेश प्रमुखमा नियुक्त गरिएको पनि राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित : शुक्रबार, फागुन ०७, २०७७१५:४४

राष्ट्रपतिद्वारा प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त