शुक्रबार साढे आठ महिनाकै सस्तो भएको सुनको मूल्य आज बढ्यो ! कति ?

काठमाडौँ – गत हप्ता लगातार ओरालो लागेको सुनको मूल्य आज बढेको छ। गएको हप्ता लगातार तीन दिन घटेको सुनको मूल्य आज बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैंयाले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ८९ हजार र तेजाबी सुनको मूल्य ८८ हजार ५ सय ५० रुपैंया कायम भएको छ।

यस अगाडी सुनको मूल्य बुधबार, बिहिबार र शुक्रबार लगातार तीन दिन घटेको थियो। सुनको मूल्य बुधबार तोलामा ११ सय, बिहिबार ६ सय र शुक्रबार १ हजार रुपैंयाले घटेको थियो।

शुक्रबार सुन साढे आठ महिनाकै सस्तो भएको थियो। त्यस दिन छापावाला सुन रु ८८ हजार २ सयमा कारोबार भएको थियो भने तेजाबी सुन रु ८७ हजार ७५० मा कारोवार भएको थियो। उक्त सुनको मूल्य जेठ २७ यताकै कम रहेको छ।

चाँदीको मूल्य

आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा २५ रुपैंयाले बढेर चाँदीको मूल्य १ हजार ३ सय ३० कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : आइतबार, फागुन ०९, २०७७११:०१

जलविद्युत् कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता, यी कम्पनीका शेयर बढी