काठमाडौँ – पश्चिमी वायुको आंशिक प्रभावले देशको आधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।
प्रदेश नं १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी बताइन् ।
“उक्त प्रणालीको प्रभाव भोलि बेलुकासम्म रहने छ । तर ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन् ।”,उनले भनिन्। हाल देशका केही पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
फाल्गुन ११ गते (मंगलवार)
दिउँसो : सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भु_भागका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ। प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती: : देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहि बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
फाल्गुन १२ गते (बुधबार)
दिउँसो : प्रदेश १ का साथै देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ
राती: : प्रदेश १ का साथै देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
फाल्गुन १३ गते (बिहीबार)
दिउँसो : देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ
राती: : प्रदेश नं १, बाग्मति प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ ।