मानिसको जन्म मितिबाट उनको स्वभाव, बानी-व्यवहारका साथै थुप्रै गुणका बारेमा थाहा पाउन सकिन्छ। त्यस्तै, जन्मेको तारिख अनुसार मानिसको रोजगारको बारेमा समेत जानकारी पाउन सकिन्छ। थाहा पाउनुहोस् कुन तारिखमा जन्मेका मानिस कुन व्यवसाय उपयुक्त हुन्छ र यदि रोजगार सम्बन्धि समस्या छ भन के उपाय गर्ने ?

१, १०, १९ वा २८ तारिख
सूर्य र मंगल ग्रहको साथ तपाईंको सम्बन्ध मानिन्छ। तपाईंको लागि प्रशासन, चिकित्सा, टेक्नोलोजीको क्षेत्र राम्रो हुन्छ। काठ र औषधि व्यवसाय पनि तपाइँको लागि अनुकूल रहन्छ। यदि रोजगारमा समस्या छ भने तामा धारण गर्नुहोस्। बिहान सूर्यलाई जल अर्पण गर्नुहोस्।
२, ११, २० वा २९ तारिख
तपाईं चन्द्र र शुक्रसँग सम्बन्धित हुनुहुन्छ। तपाईंको लागि कला, अभिनय, संगीत, सौन्दर्य र पानीको क्षेत्रहरू उत्कृष्ट छन्। अस्पताल तथा रेस्टुरेन्ट क्षेत्र पनि तपाईंको लागि शुभ रहन्छ। यदि रोजगारमा समस्या छ भने चाँदी धारण गर्नुहोस्। भगवान शिवको धेरै पूजा गर्नुहोस्।
३, १२, २१ वा ३० तारिख
तपाईंको सम्बन्ध बुध र बृहस्पतिसंग हुन्छ। शिक्षा, सल्लाहकार, वकालत र बौद्धिक क्षेत्र तपाईंको लागि उत्तम हुनेछ। तपाईले स्टेशनरी, शिक्षा र धार्मिक कार्यमा पनि फाइदा उठाउन सक्नुहुनेछ। यदि रोजगारमा समस्या छ भने सुन धारण गर्नुहोस्। विष्णु सहस्त्रनाम पनि पाठ गर्नुहोस्।
४, १३, २२ वा ३१ तारिख
तपाईं राहु र चन्द्रसँग सम्बन्धित हुनुहुन्छ। टेक्निकल, मेडिसिन, ज्योतिष, तंत्र-मन्त्र आदि क्षेत्र तपाईका लागि लाभदायक हुनेछ। तपाईंलाई इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स र परामर्श क्षेत्र पनि फाप्छ। यदि रोजगारमा समस्या छ भने स्टिलको औंठी लगाउनुहोस्। शिव जीको पूजा गर्नुहोस्।
५, १४ वा २३ तारिख
तपाईंको सम्बन्ध बुध तथा सूर्यसँग छ। पैसा, कानून, प्रशासन र कर्पोरेटको क्षेत्रहरू तपाईंको लागि राम्रो हुनेछ। तपाईं लेखन र संगीतको क्षेत्रमा पनि फाइदा लिन सक्नुहुन्छ। यदि रोजगारमा समस्या छ भने काँसा लगाउनुहोस्। श्री कृष्णको पूजा गर्नुहोस्।
६, १५ वा २४ तारिख
तपाईं शुक्र र बुधसँग सम्बन्धित हुनुहुन्छ। अभिनय, फिल्म, मिडिया र चिकित्सा क्षेत्र तपाईको लागि उत्तम हुन्छ। तपाईं शिक्षा क्षेत्रमा पनि ठूलो फाइदा लिन सक्नुहुन्छ। यदि रोजगारमा समस्या छ भने चाँदीको औठी लगाउनुहोस्। शिव र पार्वतीको संयुक्त पूजा लाभदायक हुनेछ।
७, १६ वा २५ तारिख
तपाईंको सम्बन्ध केतु तथा शुक्रसँग छ। धर्म, शिक्षा, कला, अनुसन्धान र टेक्नोलोजीको क्षेत्र तपाईंको लागि शुभ हुनेछ। तपाईं विशेष औषधिहरूको क्षेत्रमा पनि सफलता प्राप्त गर्न सक्नुहुनेछ। यदि रोजगारीको क्षेत्रमा समस्या छ भने सुन धारण गर्नुहोस्। भगवान गणेशको पूजा गर्नु धेरै लाभदायक हुन्छ।
८, १७ वा २६ तारिख
शनि र मंगल ग्रहको साथ तपाईंको सम्बन्ध मानिन्छ। प्रशासन, राजनीति, कानून र ईन्जिनियरिङ क्षेत्र तपाईंको लागि राम्रो हुनेछ। तपाईंले अध्यात्म, ज्योतिष र तंत्र मंत्रको क्षेत्रमा पनि सफलता पाउन सक्नुहुन्छ। यदि रोजगारमा कुनै समस्या छ भने फलामको औंठी लगाउनुहोस्। शनि र हनुमानको नियमित पूजा गर्नुहोस्।
९, १८ वा २७ तारिख
तपाईंमा मंगल र बृहस्पतिको प्रभाव हुन्छ। सेना, साहस, कारखाना, भूमि र निर्माण क्षेत्र तपाईंको लागि राम्रो हुनेछ। तपाईं शिक्षा र लेखनमा पनि सफल हुन सक्नुहुन्छ। यदि रोजगारमा समस्या छ भने तामाको औठी लगाउनुहोस्। हनुमान जीको नियमित पूजा गर्नुहोस्।

