काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सरकार बनाउने क्रममा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी(जसपा) र आफूहरु मिल्दा भारतलाई कम्पर्टेबल हुने बताएका छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।
अध्यक्ष दाहलले शुक्रबार राति एक टेलिभिजनसँगको अन्तर्वातामा कांग्रेस, जसपा र आफूहरु सम्मिलत तीन दल मिलेर नयाँ सरकार बनाउँदा भारतका लागि सबैभन्दा राम्रो हुने बताएका हुन्।
‘नेपाली कांग्रेस, हामी र जनता समाजवादी मिल्नु भनेको भारतका लागि सबैभन्दा राम्रो र कम्फर्टेबल अवस्था हो’, अन्तर्वाताका क्रममा दाहालले भने,’हामी मिल्नु भनेको भारतका लागि कम्फर्टेबल हो भने चीनका लागि पनि उतिकै कम्फर्टेबल हुन आउँछ ।’
अध्यक्ष दाहालले भारतसँग नेपालको बहुआयामिक सम्बन्ध रहेकाले भारतसँगको सम्बन्ध नसुधारी नेपालमा राजनीतिक स्थायित्व नै नहुने जिकिर गरे । त्यसैले यहाँ स्थायित्वका लागि पनि कांग्रेस, जसपा र आफूहरु मिल्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए।
‘सबै कारणले भारतसँग राम्रो सम्बन्ध र समझदारी नबनाइ नेपालमा स्थायित्व र विकास हुँदैन, उनले थपे,‘यति राम्रो सम्भावना अहिले छ, यो राम्रो सम्भावनालाई अघि बढाएर लैजानुपर्छ भनेर मैले भनेको छु’, नेकपाका अध्यक्ष दाहालले भने । अन्तार्वाताका क्रममा दाहालले कांग्रेस सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको एकता हुनै नसक्ने दावी गरे ।
यो पनि …

