‘सेतै फुलेका बुज्रुकको दया लाग्यो’ भन्दै करिश्माले कोमलको पक्षमा लेखिन यस्तो स्टाटस!

काठमाडौँ, फागुन १७ । केहि दिन अगाडी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूहका नेता रघुजी पन्तले संसद कोमल ओलीलाई पिँडुला देखाएको भरमा राष्ट्रियसभा सदस्य पाएको भनेर अभिव्यक्ति दिएपछि कोमल वलीले आपत्ति जनाएकी थिइन् । उनले सामाजिक संजालमा एक स्टाटस लेख्दै भनेकी थिइन्, ‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदाे रहेछ भन्ने बल्ल आएर खुलेकाे छ । पन्तजीलाई मेराे प्रश्न : तपाईकाे पार्टीमा कुनै पदमा रहनु भएका महिला नेतृहरुले काे कसलाई पिंडुला देखाएर त्याे स्थानमा पुग्नु भएकाे हाे ? के याे देशमा महिलाले कुनै काम गर्न, कुनै पदमा पुग्न र सफलता हासिल गर्न तपाईकाे जस्ताे दरिद्र साेचकाे सिकार हुनुपर्छ ?’

 सामाजिक संजालमार्फत कोमल ओलीको समर्थनमा धेरै मानिसले बोलेका छन्। त्यस्तै नायिका करिश्मा मान्नधरले पनि उनको पक्षमा बोल्दै  यस्तो लेखेकी छिन्:

“ठुला ठुला विचार बोक्छु भन्ने दावी गरेका , ठुला ठुला नाम भयेका हाम्रा राजनीतिक अभिभावकहरुको एक अर्काे प्रति टिप्पणी र प्रतिकार गर्ने शब्द चयन देखेर आश्चर्यमा पार्थ्यो ! घोच पेच र ठट्यौलीको अभिव्यक्ति हो कि भन्ने भान पनि भान हुन्थ्यो ! अब त हुँदा हुँदा शब्दमा अपराधीक मानसिकता पनि देखिन थाल्यो , त्यो अभिव्यक्ति सुन्दा पनि त्यो स्तरको संकीर्ण सोच र तुच्छ भावना बोकेको देखेर सेतै फुलेका बुज्रुक प्रति दया पनि लाग्यो ! सुझाव दिन मन लाग्यो ।

आदरणीय, पहिला आफुले आफुलाइ सम्मान गर्नुस, अनि अरुलाई सम्मान गर्न स्वतह सक्नुहुनेछ । छोरीचेलीबारे केही बोल्दा आफ्नी  जननीलाई मस्तिष्कमा राखेर बोल्नुस, ताकी समाजले यो सुन्नु पर्दा लज्जा महसुस नहोस ।”

प्रकाशित : सोमबार, फागुन १७, २०७७१२:०८

किन बढ्दैछ उमेर नपुगेका किशोरी गर्भवती हुने क्रम ?