भोलि मातातिर्थ औंशी, कुन-कुन राशि हुनेहरुको दिन शुभ रहला ? हेर्नुहोस् तपाईको राशीफल

भोलि मिति बिक्रम संवत २०७६ साल बैशाख महिनाको २१ गते शनिवार तद अनुसार सन् २०१९ मे ४ तारिक अर्थात् भोलि आमाको मुख हेर्ने दिन तपाईको दिन कस्तो रहला त ? हेर्नुहोस तपाईको भोलिको राशिफल

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

नया कार्यको थालनी गर्नका लागि शुभ समय रहेको छ।  इष्टमित्र र परिवारजनका साथमा उत्तम भोजनका साथमा दिन उत्साहपूर्वक बित्ने छ। शारीरिक तथा मानसिक स्वास्थ्य अनुकुल रहेको छ।  अचानक धन लाभ हुने अधिक सम्भावना रहेको छ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

अचानक हुन सक्ने दुर्घटनाबाट सकेसम्म सावधान रहनुपर्ने छ।  स्वास्थ्यमा समस्या आउने छ।  आँखा सम्बन्धी समस्याको शिकार भइने छ।  परिवारका साथमा अनावश्य मनमुटाव हुनबाट बच्नु पर्नेछ। आम्दानीको तुलनामा खर्चको मात्रामा वृद्धि भएर जानेछ। कार्यमा सोचे अनुसारको सफलता प्राप्त हुने छैन।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)

आँटेका हरेक क्षेत्रमा नसोचेको लाभ प्राप्त हुनेछ।  मानसिक उत्साहमा वृद्धि भएर जानेछ।  पत्नी तथा पुत्रको तर्फबाट शुभ समाचार सुन्न पाइने छ।  अचानक मित्र भेट हुन सक्नेछ।  स्वादिष्ट भोजनको अनुभूति हुनेछ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

व्यापार व्यवसायको क्षेत्र लाभदायी रहनेछ। उच्चाधिकारीको प्रसस्त साथ् र सहयोग प्राप्त भएर जानेछ।  नोकरीमा पदोन्नतिको सम्भावना रहेको छ।  आर्थिक लाभ हुनेछ।  सामाजिक क्षेत्रमा मान सम्मानमा वृद्धि भएर जानेछ।  पारिवारिक वातावारण सुखमय रहेको छ। स्वास्थ्य अनुकुल रहेको छ। अधिक परिश्रमका कारण शारीरिक थकानको महसुश हुनेछ।

सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे)

धार्मिक कार्यमा झुकाव बढ्नका साथै धार्मिक यात्रा हुने सम्भावना रहेको छ।  अपेक्षा अनुरुप कार्यमा सफलता मिल्नेछ।  व्यापार व्यवसायमा केहि बाधा अड्चनको सामना गर्नुपर्ने देखिन्छ।  स्वास्थ्य मध्यम रहेको छ।

कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)

बोलीको नकारात्मक प्रभाव पर्न सक्ने भएकाले बाणीमा बिशेष संयमितता अपनाउनु पर्नेछ।  कुनै पनि महत्वपूर्ण कार्यको थालनी गर्नका लागि दिन अनुकुल रहेको छैन।  परिवारमा अनावाश्यक मनमुटाव हुन सक्नेछ।  शत्रुले गलत समयको फाइदा उठाउन सक्नेछन ध्यान दिनुहोला।

तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते)

मनमा उत्साह बढेर जानेछ।  साथी भाई र परिवारका साथमास्वादिष्ट भोजनको अनुभूति हुनेछ।  यात्रा तथा पर्यटनको योग रहेको छ।  मनोरन्जनात्मक क्रियाकलापको पछाडी धन खर्च हुनेछ।  मान सम्मानमा वृद्धि भएर जानेछ।  स्वास्थ्य अनुकुल रहेको छ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु)

परिवारमा सुख शान्तिको माहोल स्थापित हुनेछ।  आवश्यकीय क्षेत्रमा धन खर्च हुनेछ। बिरामी व्यक्तिको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएर जानेछ। शत्रु परास्त भएर जानेछ।  अधुरा रहेका कार्यहरु पुरा भएर जानेछन।  शुभ समाचार सुन्ने सु अवसर मिल्नेछ।

धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)

सोचे अनुसार कार्यमा सफलता नमिल्नाले मानसिक चिन्ताले सताउनेछ। सन्तान सुख मिल्ने छैन।  साहित्य लेखनको कार्यमा रुचि बढ्नेछ।  प्रतिष्पर्धात्मक कार्यमा सहभागी नहुदै राम्रो होला।  यात्राको लागि समय अनुकुल रहेको छैन। दाम्पत्य सुखको अनुभूति हुनेछ।

मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)

स्वास्थ्य सामान्य रहनेछ। पारिवारिक मनमुटाव हुन सक्ला संयम रहनु होला।  मानसिक स्फुर्तिको अभाव हुने छ। स्वास्थ्य सामान्य रहेको छ।  छाती संग सम्बन्धित समस्याले सताउला।  मानहानिको सम्भावना रहेको छ।  समग्रमा मकर राशी भएका हरुका लागि भोलिको दिन सामान्य रहेको छ।

कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)

मानसिक उत्साहमा वृद्धि भएर जानेछ। परिवारमा नया कार्यको आयोजना हुने छ।  स्वास्थ्य अनुकुल रहेको छ।  यात्राको सम्भावना रहेको छ।  प्रतिष्पर्धीका बिचमा पनि बिजय हासिल गर्ने समय रहेको छ।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)

आर्थिक कारोवारको क्षेत्रमा सावधान रहनु पर्नेछ।  व्यापार व्यवसायमा सोचे अनुरुपको प्रतिफल प्राप्त हुने छैन।  शारीरिक तथा मानसिक स्वास्थ्य सामान्य रहेको छ।  परिवारजनका साथमा अनावाश्य मनमुटाव हुन सक्नेछ , सावधान रहनुहोला।  खानपानमा ध्यान दिनु पर्नेछ।

प्रकाशित : शुक्रबार, बैशाख २०, २०७६१२:२०

भोलि बैशाख २२ गते आइतबार, तपाइको दिन कस्तो रहला ? हेर्नुहोस् तपाईको राशिफल !