काठमाडौँ : राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले बुधबार पूर्वका नौं जिल्ला बन्द आव्हान गरेको छ ।
१८३१ साल साउन २२ गते लिम्बुवानको तत्कालिन गोर्खासँग भएको नुनपानी सन्धीले आत्मनिर्णयको अधिकार खोसिएको भन्दै यस दिनलाई कालो दिनको रुपमा मनाउदै आएको परिषदले आव्हान गरेको बन्दका कारण ९ जिल्लाको जनजीवन प्रभावित बनेको हो ।
परिषदले २०६६ सालदेखि साउन २२ गते पूर्वका पाँचथर, ताप्लेजुङ, इलाम, झापा, सुनसरी, मोरङ, तेहथुम, धनकुटा, र संखुवासभा गरी ९ जिल्लामा कालो दिन मनाउन सुरु गरेको हो ।
बुधबार यी ९ जिल्लामा अतिआवश्यक यातायातका साधन बाहेक अन्य सवारी र पसलहरु संचालनमा आउन सकेका छैनन् ।