एजेन्सी – आमा-बुवाको लापरवाहीले एक बालकलाई सडकको खाल्डोले निलेको एक भिडियो सामाजिक संजालमा देखा परेको छ।
सडकमा हिडिरहेका बेला सडकमा रहेको खाडलमा एक बालक खसेको र उनको तुरुन्तै उद्धार गरिएको भिडियो सामाजिक संजालमा देखा परेको हो।
अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार भिडियो चीनको दक्षिणपश्चिमी क्षेत्रको रहेको छ। सडकमा आमा-बुवासँग हिड्दै गर्दा एक बालक ढक्कन फुटेको खाडल नजिक पुगेको र त्यहाँ टेक्दा खाडल भित्र पसेको भिडियोमा देखिएको छ।
भिडियोमा बालकले ढक्कन फुटेको खाडल देखेपछि त्यहाँ टेके लगतै उनी खाडल भित्र पसेको देखिन्छ। बालक पसे लगतै सँगै हिडिरहेका बालकका पिताले तत्काल उनको उद्धार गरेको भिडियोमा देख्न सकिन्छ।
ती पिताले बालकलाई खाडल भित्र बाट हातले तानेर बाहिर निकालेको भिडियोमा देखिएको छ। स्थानीय मिडियाहरुका अनुसार खाडलमा पसेको कारण बालकको टाउकोमा सामान्य चोट लागेको छ भने उनी अहिले स्वस्थ छन्।
उनको उमेर लगभग ३ वर्ष रहेको बताइएको छ।