काठमाडौँ – प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले विषादी परिक्षण तर्फ उचित चासो नगएको तर्फ असन्तुष्टि व्यक्त गरेकी छन्।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकको शुन्य समयमा आवाज उठाउने क्रममा स्वास्थ्यमा असर पर्ने थाहा हुँदा-हुँदै पनि जनता विषादी युक्त तरकारी प्रयोग गर्न बाध्य भएको उल्लेख गरेकी हुन्।
जनता बाध्य भएर विषादीयुक्त तरकारी खानु परेको प्रसंग सँग प्रधानमन्त्रीको विदेश भ्रमणलाई जोडेर संसाद शाहीले जनताले सिटामोल समेत खान नसक्ने अवस्थाको उठान गरेकी हुन्।
“विषादीयुक्त तरकारी खाएपछि बिरामी परिन्छ भन्ने थाहा छ।,”उनले भनिन्,”प्रधानमन्त्रीज्यू बिरामी भए जनताबाट उठेको करबाट तपाईको त विदेशमा उपचार भैहाल्छ। तर हामी जनता बिरामी भए सिटामोल समेत खान खान पाउँदैनौं।”
जनता बाँचे मात्र रेल र पानि जहाजको औचित्य हुने उनको तर्क छ। उनले प्रश्न गर्दै उनले भनिन्,”हामी जनता नै बाँचेनौं भने तपाईको पानि जहाज र रेल कसले चढ्ने ?”