“पाएको मौका छाड्दिन, प्रधानमन्त्री बन्छु”

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने मौका मिलेको खण्डमा पछि नहट्ने बताएका छन्। बुधबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै देउवाले प्रधानमन्त्री बन्ने मौका मिले पछि नहट्ने बताएका हुन्।

चितवनमा नेपाली कांग्रेसले आयोजना गरेको सभामा बोल्दै देउवाले आफू र पार्टीलाई पदको लोभ नभएपनि जिम्मेवारीबाट नभाग्ने बताए। जिम्मेवारी आए पछि हट्न पनि नहुने उनको भनाई छ।

“मलाई र कंग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्दा पनि भागिन्‍न। काँधमा जिम्मेवारीबाट भाग्‍ने पक्षमा हामी छैनौं ।”,देउवाले उक्त कार्यक्रममा भने।

देउवा भन्छन् – “आलमलाई जसरी पनि छुटाउँछु”

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उनलाई छुटाउन आफू प्रयासरत रहेको बताएका छन् ।

गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका –६ सिंगारमनमा आयोजित विष्णुु महायज्ञको उद्घाटन गर्न आज यहाँ आएका पूर्वप्रधानमन्त्री देउवाले देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका निलम्बित सांसद आलमलाई रिहा गराउन आफूले पहल गरिरहेको जानकारी दिए।

अर्काे प्रसङ्गमा उनले देशबाट अहिले कोरोना पूर्णरुपमा समाप्त नभएकाले विज्ञको सल्लाहअनुसार अनिवार्य मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न सबैलाई आग्रह गरे। पूर्वप्रधानमन्त्री देउवालाई नगर प्रमुख श्यामबाबुु यादवलगायतले स्वागत गर्नुभएको थियो । महायज्ञ एक सातासम्म चल्ने जनाइएको छ ।

प्रकाशित : बुधबार, फागुन १९, २०७७१६:५०

भागरथी हत्या प्रकरणः आरोपितको चौथोपटक म्याद थप