सासु-ससुराले घाँटी थिचेर गरे १९ वर्षीया गर्भवती बुहारीको हत्या !

काठमाडौँ : आफ्नै बुहारीको हत्या अभियोगमा प्रहरीले एक दम्पती लाई पक्राउ गरेको छ ।

सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की १९ वर्षीया रञ्जुदेवी यादवको घाँटी थिची ज्यान लिएको आरोपमा उनकै  ससुरा ५५ वर्षीय महेन्द्र यादव र सासु ४५ वर्षीया लीलादेवी यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गत साउन ५ गते निधन भएकी रञ्जुदेवीको घाँटीमा डोरीको निलडाम र शरीरमा चोटपटक लागेको देखेपछि मृतकका दाजु रामसेवक यादवले दिएको उजुरीको आधारमा अनुसन्धान गरि महेन्द्र र लीलादेवीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए ।

तिन महिनाकी गर्भवती बुहारीलाई यातना दिएर मारेको आरोपमा दुवैलाई कर्तव्य ज्यानको उजुरी दर्ता गरि थप अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित : बुधबार, साउन २२, २०७६०५:५०

“जनताबाट उठेको करबाट प्रधानमन्त्रीको उपचार, जनताले भने सिटामोल समेत नपाउने”