१९ वर्षपछि शाहरुख-सलमानले गर्नेछन् यस्तो काम, तहल्का मच्चिने दाबी

एजेन्सी : शाहरुख खान र सलमान खानले एक-अर्काको फिल्ममा धेरैपटक केमिओ रोल निभाएका छन्। तर फुल रोलमा दुवैले सन् सन् २००२ मा रिलिज भएको फिल्म ‘हम तुम्हारे हैं सनम’ मा अन्तिम पटक काम गरेका थिए। त्यसपछि दुवैले ‘ट्युबलाइट’, ‘जिरो’, ‘ॐ शांति ॐ’, र ‘हर दिल जो प्यार करेगा’ जस्ता फिल्महरुमा सानो-सानो भूमिका अर्थात् केमिओ रोल गरेका थिए। तर अब पठान र टाइगर ३ मा दुईले लामो समयपछि एक साथ दमदार एक्सन देखाउनेछन्।

मिडिया रिपोर्ट अनुसार शाहरुख खानको आउँदो एक्सन फिल्म ‘पठान’ जहाँ समाप्त हुन्छ, त्यहीँबाट सलमान खानको फिल्म ‘टाइगर ३’ को कहानी सुरु हुनेछ। आदित्य चोपडाले यी दुई फिल्मको कहानीलाई यसरी पस्किनेछन् कि पठान हेरिसकेपछि दर्शक ‘टाइगर ३’ हेर्न बैचेन हुनेछन् । दुवै फिल्मको निर्माता यशराज ब्यानर हो। यी दुवै फिल्मको कहानी आपसमा जोडिदैछ। आदित्य चोपडाले ‘पठान’ फिल्मको अन्त्यमा सलमान खानलाई टाइगरकै रोलमा इन्ट्री गराउने बताएका छन्। यसको साथै आदित्यले यशराज ब्यानरको स्पाई वर्ल्डको सुरुवात गर्नेछन्।

फिल्म ‘पठान’ र ‘टाइगर ३’ सँग जोडिएको सुत्रले मिडियालाई दिएको जानकारी अनुसार पठानमा टाइगरको इन्ट्रीको साथ-साथै आदित्य चोपडाले एक अर्को प्लान पनि बनाएका छन्, जसबारे फ्यानले अहिलेसम्म पत्तो पाएका छैनन्। सुत्र अनुसार फिल्म पठानको अन्त्य जहाँबाट हुनेछ त्यहीँबाट टाइगर ३ को कहानी सुरु हुनेछ।

यसको मतलब पठानको कहानीसँग ‘टाइगर ३’ को ओपनिङसँग दरिलो कनेक्शन हुनेछ। फिल्म पठानमा शाहरुख खान प्रमुख भूमिका निभाउनेछन्। उनीसँग यस फिल्ममा दीपिका पादुकोण र जोन अब्राहम पनि देखा पर्नेछन्। पठानमा शाहरुख खान र जोन अब्राहम बीच धमाकेदार फाइट सिन हुने अनुमान गरिएको छ। यशराज ब्यानरले फाइट सिनलाई अत्यन्तै स्तरीय ढङ्गले शूट गर्ने योजना बनाएका छन्।

‘टाइगर’ ले गर्नेछन् ‘पठान’ को मद्दत 

सलमान खानले १५ दिनसम्म दुबईमा पठानको शूटिङ गर्नेछन्। अचम्म नमान्नुहोला, फिल्ममा शाहरुख खान नै प्रमुख भूमिकामा हुनेछन्। सलमानले फिल्मको क्लाइमेक्समा रअ एजेन्ट टाइगर(एक था टाइगर र टाइगर जिन्दा है) को रुपमा जासुस बनी शाहरुखलाई मद्दत गर्नेछन।

दुबईको सडकमा ५० दिनको लामो शेड्युलमा हलिउड स्टाइलमा एक्सन सिक्वेन्स शूट गरिँदै छ। फिल्ममा सलमानको धमाकेदार इन्ट्री पनि देखाइनेछ। पठानक शूटिङ सकिएपछि सलमान यहीँ मार्चमा ‘टाइगर ३’ को शूटिङ सुरु गर्नेछन्। उनी ‘बाबुल'(२००६) पछि दोस्रो पटक जोन अब्राहमसँग देखिएका हुन्।

प्रकाशित : शनिबार, फागुन २२, २०७७१८:१३

‘तारे जमीन पर’ को अवोध बालक निशान भए २४ वर्ष, गर्दैछन् फिल्ममा काम