पारिश्रमिकमा पल शाहलाई टक्कर, एकै म्यूजिक भिडियोको लागि लिइन् यति धेरै !

काठमाडौँ – चलचित्र ‘यात्रा’बाट नेपाली चलचित्र क्षेत्रमा पाइला टेकेकी मलिका महत्तको व्यस्तता बढ्दो छ। डेब्यु चलचित्र फ्लप भएपनि मलिकाले खाली बस्नु परेको छैन।

मलिका पछिल्लो समय चलचित्र भन्दा पनि म्यूजिक भिडियोमा व्यस्त छिन्। ‘फुलबुट्टे सारी’ गीत अत्याधिक चर्चित भएपछि मलिकाको माग बढेर गएको छ। जससँगै मलिकाले आफ्नो पारिश्रमिक पनि बढाएकी छन्।

पछिल्लो खबरका अनुसार मलिकाले एक म्यूजिक भिडियोमा काम गरे बापत लाख भन्दा बढी रकम लिन थालेकी छन्। हालसालै सार्वजनिक एक म्यूजिक भिडियोमा अभिनय गरेवापत उनले लाख भन्दा बढी रकम लिएको चर्चा छ।

कति लिइन् ?

‘फुलबुट्टे सारी’ र ‘टाढा भएपनि’ बोलका गीतमा देखिएकी मलिका पछिल्लो पटक ‘वर आउन माया’ बोलको गीतमा देखिएकी छन्। शनिबार मात्रै सार्वजनिक भएको उक्त गीतको म्यूजिक भिडियोमा काम गरेवापत उनले १ लाख २० हजार रुपैंयाँ लिएको बताइन्छ। मलिकाले लिएको उक्त पारिश्रमिक सर्वाधिक महँगा मानिने मोडलमा नायक पल शाहले लिने हारहारीकै रहेको छ।

पल र मलिकाको जोडी

मलिका यस अगाडीका दुई म्यूजिक भिडियोमा पल शाहसँगै देखिएकी थिइन्। यी दुईको जोडीलाई दर्शकले राम्रै रुचाएका छन्। दर्शकहरु यति बेला दुवैलाई एकै चलचित्रमा देख्ने आशा गरिरहेका छन्।

प्रकाशित : आइतबार, फागुन २३, २०७७१२:४९

सर्वोच्चको आदेशपछि राजनीतिमा उथलपुथल