‘मेरा दुखमा धेरै आशु झार्यौ’ भन्दै ३४ औ वैवाहिक वर्षगाठमा दिपकले लेखे यस्तो पोस्ट!

काठमाडौँ, फागुन २५ । नेपालका चर्चित हास्यकलाकार, अभिनेता, निर्माता तथा निर्देशक दिपक राज गिरि सामाजिक संजालमा निकै एक्टिभ रहन्छन् । सामाजिक संजालमा प्राय  उनको  सहकर्मी अर्थात् हास्यकलाकार तथा निर्देशक दिपाश्री निरौलासंग नाम जोडिने गर्छ । दिपासंग नाम जोडिदै गर्दा दिपक राज र उनकी श्रीमती मेनुका गिरिको विवाह भएको पनि ३४ वर्ष पुरा भएको छ । उनीहरुका एक छोरी (मौसमी गिरि) र दुई छोराहरु (प्रसिद्ध राज गिरि र दिपेश राज गिरि) रहेका छन्।

दिपक राजले आफ्नो ३४ औ वैवाहिक वर्षगाठको अवसरमा  श्रीमती मेनुका गिरिसंगको तस्विर शेयर गर्दै यस्तो लेखेका छन्:

‘कति कुरा नभनेर नै मीठा मीठा होलान
तर कति कुरा भनिएन भने तीता हुन सक्छन
तिमिले मलाइ पायौ ,केबल मलाइ मात्रै पायौ
अनियन्त्रित एक सवारी लाइ सहि बाटोमा ल्यायौ
मेरा खुशिलाइ आफ्नै खुशि ठान्यौ, मेरा दुखमा धेरै आशु झार्यौ
तिमिलाइ के भनौ, कसरी भनौ ,तिमि छौ कस्तो
आफै खर्चिएर अरूलाइ उज्यालो दिने, मैनबत्ति जस्तो ….
३४ बर्ष पुगेछ संग संगै हिडेको
कहि डगमाउन दिइनौ सम्हालेर ल्यायौ,
था छैन बदलामा तिमिले के पायौ
मलाइ न सोध मेरो ३४ बर्ष कस्तो भो
एक सुख्खा बृक्षले पानि पाए जस्तो भो ….’

प्रकाशित : मङ्गलबार, फागुन २५, २०७७११:४६

८३ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा