नेकपा एमाले र माओवादी केन्द्र मिलन १५ दिनको समय !

काठमाडौँ – निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्दै साबिकको नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँँताएको छ।

सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भई नेकपा बनेको पूरै प्रक्रिया उत्प्रेषणको आदेशद्वारा बदर गर्ने निर्णय गरेसँगै आयोगले दर्ता नम्बर १४५ रहेको नेकपा खारेज गरेको हो। आयोगले मंगलबार दल खारेजीको जानकारी एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई गराएको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

आयोगले साबिकमा राजनीतिक दलका रूपमा दर्ता भएका एमाले र माओवादी केन्द्र अब उप्रान्त अलगअलग राजनीतिक दलका रूपमा एकीकरण गर्नुअगाडिको अवस्थामा कायम रहेको जानकारी संघीय संसद् सचिवालय काठमाडौं, सातवटै प्रदेशसभा सचिवालय र सबै जिल्ला निर्वाचन कार्यालयलाई गराउने निर्णयसमेत गरेको छ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सर्वाेच्चको फैसलाबमोजिम अलगअलग राजनीतिक दलका रूपमा साबिककै अवस्थामा कायम रहेको बेहोराको जानकारी एमाले र माओवादी केन्द्रलाई गराइएको बताए।

आयोगले २०७५ जेठ २३ को निर्णयले एमाले र माओवादी केन्द्रवीच एकीकरण भई बनेको नेकपा नामको दल दर्ता भएको नेपाल राजपत्र खण्ड ६८ अतिरिक्तांक ८ (अ) मा प्रकाशन भएको सूचना राजपत्रबाट खारेज गर्ने र सोको सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि गरेको छ।

सोसँगै अदालतको आइतबारको फैसलाले आयोगमा साबिकमा दर्ता रहेका एमाले र माओवादी केन्द्र अलगअलग राजनीतिक दलका रूपमा साबिककै अवस्था अथवा २०७५ जेठ २३ भन्दा अगाडिकै अवस्थामा कायम रहेको बेहोराको सूचनासमेत राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए।

प्रकाशित : बुधबार, फागुन २६, २०७७०९:०१

कफीमा पिनिएको साङलो हुने खुलासा !