एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा जर्मन क्लब बोरुसिया डर्टमुन्डका नर्वेजियन युवा फरवार्ड एर्लिङ ब्राउट हालाण्डले नयाँ कीर्तिमान बनाएका छन् ।

च्याम्पियन्स लिग अन्तरगत स्पेनिस क्लब सेभियाविरुद्धको प्रि–क्वाटरफाइनलको दोस्रो लेगको खेलमा दुई गोल गरेपछि हालाण्डले नयाँ कीर्तिमान बनाएका हुन् । २० वर्षीय उनले च्याम्पियन्स लिगको १४ खेलमै २० गोल गर्दै नयाँ कीर्तिमान बनाएका हुन् ।

यसअघि यो कीर्तिमान इंग्लिस क्लब टोटनहमका ह्यारी केनले २४ खेलमा २० गोल गर्दै राखेका थिए । हालाण्डले केनको भन्दा १० खेल कम खेल्दै यो कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।

२० वर्ष २३१ दिनका हालान्ड च्याम्पियन्स लिगमा यो कीर्तिमान लेखाउने युवा खेलाडी समेत बनेका छन् । हालान्डले च्याम्पियन्स लिगको यो सिजन १० गाल गरिसकेका छन् । उनी सर्वाधिक गोलकर्ताको सुचीमा शीर्षस्थानमा रहेका छन् ।
मेस्सी र रोनाल्डोको

च्याम्पियन्स लिगमा २० गोलको आँकडा पूरा गर्ने मामलामा हालाण्ड लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो भन्दा धेरै अगाडी देखिएका छन्। रोनाल्डोले च्याम्पियन्स लिगमा २० गोलको आँकडा ५६ खेलमा पूरा गर्दा मेस्सीले ४० खेलमा पूरा गरेका थिए।

त्यस्तै यस मामलामा जर्मन क्लब बायर्न म्यूनिखका स्ट्राइकर रोबर्ट लेवान्डोव्स्की पनि पछाडी देखिएका छन्। लेवान्डोव्स्कीले २० गोल गर्न ३६ खेल लगाएका थिए।

