‘तारे जमीन पर’ को अवोध बालक निशान भए २४ वर्ष, गर्दैछन् फिल्ममा काम

एजेन्सी : आमिर खानको फिल्म ‘तारे जमीन पर’ जब रिलिज भएको थियो त्यतिबेला सबैको ध्यान इशान अवस्थीमा परेको थियो। अत्यन्तै कम बोल्ने, आफ्नै सवालमा अल्झिरहने एक निर्बोध बालक जो अरुभन्दा बिल्कुलै अलग थिए।

यो भूमिका अभिनेता दर्शील सफारीले निभाएका थिए। त्यतिबेला उनी जम्मा १० वर्षका थिए। आज यानी ९ मार्चको दिन दर्शील २४ वर्षका भएका छन्। उनले आफ्नो पहिलो फिल्ममै शानदार अभिनय कौशलता प्रस्तुत गरेका थिए।

अभिनेता दर्शील अहिले लक्का जवान भईसकेका छन्। फिल्ममा काम गरिरहेका छन्। साथै म्युजिक भिडियो पनि गर्दै छन्। सन् २०२० मा टिभी एक्ट्रेस अनुष्का सेनसँग उनको एक भिडियो पनि रिलिज भएको थियो जसको नाम ‘प्यार नाल’ थियो।

टिभीको दुनियाँमा पनि उनले प्रवेश गरिसकेका छन्। उनी झलक दिखला जाको पाँचौं सिजनमा कन्टेस्टेन्टको रुपमा देखा परेका थिए। यस बाहेक उनी आशिकी चल यार ट्राइ मार जस्ता टिभी सिरियलमा अभिनय गरेका छन्।

फिल्मको कुरा गर्ने हो भने अभिनेता दर्शील ‘तारे जमीन पर’ बाहेक ‘बम बम बोले’, ‘जोक्कोमोन’ र ‘मिड्नाइट्स चिल्ड्रेन’ मा देखिएका छन्। उनी पछिल्लो पटक सन् २०१२ मा एक बलिउड प्रोजेक्टको हिस्सा बनेका थिए।

तर अहिले पनि उनी ‘तारे जमीन पर’ को इशान अवस्थीको रुपमै लोकप्रिय छन्। त्यति सानो उमेरमै यति सजीव अभिनय क्षमताको बेजोड प्रतिभा हुनु चानचुने कुरा होइन। एक १० वर्षीय बच्चाबाट यत्रो ठुलो आश पनि हुँदैन। तर दर्शील आफ्नो अभिनयमा परफेक्ट थिए। उनी फिल्मको प्रमुख पात्र थिए र उनको अभिनयकै कारण फिल्म देश तथा विदेशभर हिट भयो।

दर्शीललाई चिल्ड्रेन फिल्म डायरेक्टर अमोल गुप्तेले शियामक डावरस डान्सिङमा पहिलो पटक देखेका थिए। १०० भन्दा बढी अडियन्स पछि अमोल गुप्तेको नजर एक डान्स स्कूलको स्टुडेन्टमा पर्यो। अमोलले दर्शीलको नजरमा त्यो चञ्चलता देखे जुन उनले खोजेका थिए र उनलाई फिल्ममा लिईयो।

प्रकाशित : बुधबार, फागुन २६, २०७७१७:१६

आमिर र शाहरुखजस्ता सुपरस्टार्सलाई मात दिई जब ऋतिकले जिते बाजी, हेर्या-हेर्यै भए यी दुई